दमक,२६भदौं । दमक ६ बेलडाँगीमा मुख्य कार्यालय रहेको स्वणलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज आफनो १४ औं वार्षिक साधारण सभा तथा माइन्युट प्रमाणिकरण सम्पन्न गरेको छ । दमक- ८ स्थित कस्मिक पार्टी प्यालेसमा भएको साधारण सभामा सञ्चालक समिति र लेखा समितिले आ-आफना प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कमलकुमार घिमिरेले जानकारी दिए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा सहकारीका अगुवाहरुले सहकारीमा केहि समस्या आए पनि एक आपसमा हातेमालो गरी समस्याको समाधान खोज्न सकिने जोड दिए ।
सहकारी महासंघका उपाध्यक्ष पोखरेलले मुलुकको ३ खम्वे अर्थ निति अनुसार सहकारी क्षेत्रले १८ प्रतिशत आर्थिक क्षेत्रमा सहयोग पुराएको चचाए गरे। संस्थाका अध्यक्ष वुद्धि सागर वरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष खोम वगालेले थोरै सहकारीहरु चल्न नजानेका कारण धरासायी भएको बताए ।
कार्यक्रममा डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमक अध्यक्ष तुलाराम न्यौपाने, राष्ट्रिय सहकारी बैक दमक शाखाकी प्रमुख मुना केसी दमक ६ नम्वर वडा अध्यक्ष टेक बहादुर थापा,पूर्व नेपाल बहुउद्धेश्यीय सहकारी संस्था कमलको अध्यक्ष प्रेम सापकोटा र स्वर्णलक्ष्मी संस्थाका सचिव संजीव रिमाल लगायतले सहकारी अभियानका विषयमा धारण रााखेका थिए ।
पत्रकारसहित कर्मचारीहरु पुरस्कृत
संस्थाले उत्कृष्ट कर्मचारी, सहकारी क्षेत्रमा कलम चलाउने पत्रकार र प्लस टुमा उत्कृष्ट अंक ल्याउने विधार्थी लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।गएको बर्षभरि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु मध्ये हिरो अफ दि स्वर्णलक्ष्मी पुरस्कारवाट संस्थाको दमक शाखाका कर्मचारी सुशील गड्तौला,उत्कृष्ट कर्मचारीहरु कृतिका दाहाल र गणेश भटराईलाई पुरस्कृत गरियो ।
यसैगरी संस्थाको बजार शाखामा रहेर कार्य गर्ने मध्येको उत्कृष्ट कर्मचारीहरु कमल गड्तौला ,सानी भटराई , झलक गौतम र प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मन कुमार गदाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका पूर्व संयोजक जर्नादन ढकाललाई दोसल्ला ओढाएर सम्मान गरेको छ । उनीहरुलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । संस्थामा गएको वर्षभरि उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई समेत सम्मान गरिएको थियो । वार्षिक साधारण सभाले अध्यक्ष वरालले प्रस्तुत अध्यक्ष प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक गायत्री प्रसाद पराजुलीले प्रस्तुत लेखा प्रतिवेदन छलफलपछि संशोधन सहित पारित गरेको सञ्चालक समिति सदस्य प्रेम कुमारी रिजालले जानकारी दिईन् ।