जुकेखाडीमा लिम्बूको हत्या

दमक,२७ भदौं । झापा अर्जुनधाराको जुकेखाडीमा एकजना युवाको हत्या भएको छ । गएराति करिब १२ बजे दुर्गापुर– दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अवस्थामा अन्दाजी २७ वर्षिय जस्ता देखिने युवाको शव फेला परेको हो । सो शव अर्जुनधारा नगरपालिका वडा न. ३ जुकेखाडी निवासी कोशी भनेर चिनिने बिजय लिम्बूको भएको बताइएको छ । उनको टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ ।
हत्याका कारण खुल्न सकेको छैन् । प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि परिवारलाई जिम्मा दिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.