देउनिया पुलमा दुर्घटना : आमाको मृत्यु, छोरी घाईते

दमक,२७ भदौं । झापाको पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको ट्रकले देउनिया पुलमा पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।सो दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्रीहरु सोही ठाउँकी ३५ बर्षिया तुलसा खवास लामा र उनकी छोरी २ बर्षिया रुक्साना लामालाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा घाईते भएका मध्ये तुलासाको मेची अस्पताल भद्रपुरमा दिउँसो करिब साढे ३ बजे मृत्यु भएको जनाइएको छ । २ बर्षिया छोरी रुक्सानाको उपचार भइरहेको छ । दुर्घटनाका कारण ट्रक देउनिया खोलामा खसेको थियो । सह–चालक बिर्तामोड २ का २४ बर्षिय अनिल हस्दा र सोही ठाउँका ५२ बर्षिय बुद्दलाल राजबंशी समेत घाईते भएका छन । ट्रक चालक पाँचथर हिलिहाङ ६ का २४ बर्षिय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.