‘ मेरो नाम सिफारिसले थप जिम्मेवारी दिएको महषुष गरेको छु’


सत्यनारायण चौधरी दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व हुन् । लामोसमयदेखि नेपाली कांग्रेसको राजनीतिक नेतृत्वमा रहेर काम गरिआएका दमक १ निवासी चौधरी कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन् ।
महाधिबेशन प्रतिनिधिमा लगातार दुई पटक जिम्मेवारी प्रात गरेका छन् उनले । मिजासिला , सरल स्वभावका धनी उनी कांग्रेसको काठमाडौंमा गत फागुनमा सम्पन्न १४ औ महाधिबेशनमा सम्मानजनक मत ल्याएर केन्द्रीय सदस्यबाट बाहिरिएका हुन् । देशभरिका कांग्रेस प्रतिनिधिले धेरै माया गरेर सानदार मत दिनुभएको उनको बुझाई छ ।
चौधरीलाई कांग्रेसले यहि मंसिर ४ गते हुन लागेको संघीय तथा प्रदेश निर्वाचनमा संघीयतर्फ समानुपातिक उम्मदेवारका रुपमा सिफारिस भएका छन् ।
प्रस्तुत छ : नेता चौधरीसंग पार्टी सेरोफेरोमा गरिएको कुराकानी ।

…………………………………………………………………………………………………………………………

निर्वाचन नजिकिदै गएको बेला झापा ५ कांग्रेसको अवस्थामा कस्तो देख्नुभएकोछ ?
कांग्रेस हिजोदेखि नै मजवुत पार्टी थियो अहिले पनि छ । देशैभरि कांग्रेस प्रति नेपाली जनताको अपार विश्वास रहिआएको छ । इतिहासले पनि भनेको छ , कांग्रेसले देश विकासमा महत्वपूर्ण योगदान पुरयाँएको छ । त्यसैले पनि त्यही पार्टीका हामी कार्यकर्ताहरु आफनो क्षेत्रमा पार्टी संगठन निर्माणमा एकतावद्ध जुट्दैआएका छौं । गएको स्थानीय तहको निर्वाचनले पनि यस निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकाल्न सफल भएको छ । यसले पनि के देखाउँछ भने कांग्रेसले अवको संघीय तथा प्रदेश सभाको निर्वाचन पक्र्क जित्ने छौं ।
जित्ने आधारहरु के के छन् त ?
कांग्रेसले जित्ने आधारहरु काफी छन् । हिजो यस निर्वाचन क्षेत्र मात्र होइन स्थानीय तहमा नेपाल कम्यूनिष्ट पार्टी एमालेले लामोसमयदेखि कव्जा गरिआएको विदितै छ । यसै क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली लगातार जित हासिल गरिआएका छन् । स्थानीय तहमा पनि एमाले नेतृत्वले लगातार जित्दैआएको थियो । यसबाट के प्रष्ट हुन्छ भने स्थानीय सरकारको नेतृत्वबाट यहाँका जनताले खासै विकास र समृद्धि पाउन सकेनन् । निर्वाचन क्षेत्रमा पनि ओली देशकै दुई दुई पटक प्रधानमन्त्री वन्न सफल भए । उहाँको नेतृत्वबाट यस क्षेत्रका जनताले चाहि लगातार २० वर्षसम्म के चाहि पाए ? यो प्रश्न गंभीर छ ।
क्षेत्रबासीका समस्या हिजोका ज्यूका त्यू छन् । बाटोघाटो,नदी नियन्त्रण,शिक्षा ,स्वास्थ्य ,रोजगारी लगायतका कयौ मुद्याहरु अहिले पनि चुनावी मुद्या बनिदैआएका छन् । यो प्रश्नको जवाफ यहाँका जनताले उठाइरहेका छन् ।संक्षेपमा भन्नुपर्दा एमालेको नेतृत्वबाट यस क्षेत्रबासीले खासै विश्वास गर्लान भन्ने लाग्दैन् । यसको विकल्पका रुपमा कांग्रेसलाई जनताले साथ दिने छन् भन्ने लाग्छ ।
कांग्रेसलाई नै किन मत दिने त ?
देशमा दुई पार्टीको विचार विस्तारै धुव्रीकरण हुदै गएका छन् । एउटा लोकतन्त्रवादी जो कांग्रेसले नेतृत्व गरिआएको छ भने कम्यूनिष्ट विचारको नेतृत्व एमालेले गरिआएको छ । यो राजनीतिक अभ्यासले पनि जनता विस्तारै यी धारमा पुग्छन् । लोकतन्त्र, धर्म निरपेक्षता,संघीय गणतन्त्र अहिलेको प्राप्त कयौ उपलव्धिहरु कांग्रेसको नेतृत्वमा स्थापित भएको हो ।
कांग्रेसले जनतालाई भ्रम बनाएर राजनीतिक गर्नुछैन् ,बरु हार स्वीकार गरेर बस्छ । तर जनतालाई क्षणिक स्वार्थ तथा प्रलोभनमा पारेर वेथिति निम्त्याउने लगायतका कयौ संझौताहरु गरेर जनताको जनप्रतिनिधि बन्न नाटक गर्नुछैन् । कांग्रेसका इमान्दारिता भएकै कारण हिजोदेखिको पार्टी अहिले पनि मजवुत शक्तिका रुपमा स्थापित हुदैगएको छ । जनताले पत्याएको,विश्वास गरेको पार्टी हो कांग्रेस । कांग्रेसले जे भन्छ, त्यो पूरा गरेर देखाउँछ भन्ने मान्यता पार्टी नेतृत्वको छ । यसले पनि लाग्छ, जनताले फेरि कांग्रेसलाई मत दिएर सरकार बनाउने जनादेश दिने छन् ।
चुनावी गठबन्धनमा कांग्रेसले अगुवाई गरिआएको छ ? यो ठिक हो त ?
चुनावी गठबन्धन अहिलेको आवश्यकता हो । प्रतिगमनकाररी शक्तिलाई पाखा लगाउदै लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गर्न पनि सत्तारुढ दलहरुवीच हिजोदेखिको गठबन्धन यो चुनावसम्म लैजानु आवश्यक छ । सधैका लागि त गठबन्धन पक्कै हुदैन पनि । तर, अहिले भने एउटा लक्ष्यका साथ जुन पाँच दलीय गठबन्धन कायम छ, त्यसलाई प्रभावकारी ढंगले लैजानु पर्छ ।
यस क्षेत्रमा चाहि गठबन्धन हुदाँ कुन पार्टीले पाउछ त ?
हामी कांग्रेसका कार्यकर्ताहरु गठबन्धन प्रति प्रतिवद्ध छौं । गठबन्धनलाई इमान्दारिताका जनतासंग,जनताको घरघरसम्म पुरयाँउन हामी चुनाव केन्द्रीत हुने छौं । जहाँसम्म यस क्षेत्रमा कुन पार्टीले संघयि तथा प्रदेश सभाका लागि टिकट पाउने छन् भन्ने खासै ठुलो कुरा होइन् । चाहे त्यो कांग्रेस या माओवादी केन्द्रले नै पाउदाँ पनि खासै फरक पर्देन् ।
यस क्षेत्रमा एमालेका अध्यक्ष ओलीसंग चुनावी मुकाविला गर्न निकै कठिन हो भन्ने हेक्का छ गठबन्धनलाई । त्यसैले पनि एमालेलाई परास्त गर्ने सक्षम, जनाधार भएका उम्मेदवारलाई यस क्षेत्रबाट टिकट दिनुपर्छ भन्ने लाग्छ । गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्रबाट टिकट बाँडफाँड भएपनि हामी गठबन्धनलाई इमान्दारिताका साथ जिताउन थप क्रियाशील हुने छौं । गठबन्धन प्रति कसैले शंका गर्नु पर्ने ठाउँ हुन दिन्नौं ।
अन्त्यमा तपाई पनि संघीय तर्फ समानुपातिकको उम्मेदवार हुनुहुन्छ होइन् ?
पार्टीले आसन्न निर्वाचनमा मलाई पनि संघीय सांसद तर्फ समानुपातिक तर्फ उम्मेदवार बनाएर सिफारिस गरेको छ, यस प्रति अत्यन्त खुसी छु । पार्टीले गरेको यस निर्णयले मलाई थप उत्साह वनाएको छ । पार्टीले जुन विश्वासका साथ मलाई समानुपातिक तर्फको उम्मेदवार वनाएको छ , यो अवसरले मलाई पार्टी हितमा सेवा गर्ने थप जिम्मेवारी दिएको ठानेको छु । पार्टीले समानुपातिक सूचिमा मेरो उम्मेदवारी चयन गरेर विवेकपूर्ण,सहि निर्णय गरेको छ जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published.