आफनो घर जलाउनेलाई कारवाही गर्न मेयर थापाको माग

दमक,२६ भदौं । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले आफ्नो घर आगजनी गर्नलाई कारबाही हुनुपर्ने बताएका छन्। विहिबार बिहान दमकमा मानव अधिकारकर्मी तथा पत्रकारहरुसहितको उपस्थितिमा उनले जेएनजी पुस्ताको आन्दोलनकारीबाट नभई मेरो भलो नचाहने केही तत्वहरुले आगजनी गरेको दाबी गरेका छन् ।
गएको भदौ २४ मा दमक –६ स्थित उनको तीन तले पक्काघरमा आन्दोलनकारीहरूको एक समूहले आगजनी गरेको थियो। आगजनीबाट नगर प्रमुख थापाको घरका सम्पूर्ण सामानहरू नष्ट भएको थियो। उनका अनुसार आगजनीबाट घरको भुइतालामा गृहणी बचत तथा ऋण सहकारी संस्था सहित नारी विकास सङ्घको कार्यालय रहेको र ति दुवै संस्थाको सर सम्मानहरु नष्ट भएको थियो।

घर आगजनीपछि विस्थापित उनले आगजनी गरिएको घरको अवलोकन गर्दै आफूले दुःख गरेर बनाएको घर जलाइदा आफूहरू पीडित हुनुपरेको गुनासो गरे । आफ्नो घर जलाउँदा आफू विक्षिप्त भएपनि दमक नगरबासीले दिएको जिम्मेवारी प्रति रतिभर विचलित नहुने उनको भनाइ थियो।
संक्षिप्त पत्रकार सम्मेलनमा नेपाल मानव नेपाल संगठनका केन्द्रीय उपाध्यक्ष डाक्टर केपि सुवेदीलेआन्दोलनको नाममा निजी घर जलाउने , सार्वजनिक संरचनाहरू ध्वस्त बनाउने , व्यक्ति हत्या गराउने काम मानव अधिकारका दृष्टिले अपराध हुने भएकाले त्यस्ता गलत कामको यस संगठन निन्दा गर्दै उच्च सम्मान गर्न ध्यान दिनुपर्ने बताए ।
नगर प्रमुख थापाको आगजनी घर मै घरमै गरिएको पत्रकार सम्मेलनमा उनका परिवार, मानव अधिकारकर्मीहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सर्वसाधारण हरूको उपस्थिति रहेको थियो।

जिएनजी पुस्ताको आन्दोलनका क्रममा दमकमा मेयर थापाको घरसहित पूर्व नगर प्रमुख रोमनाथ ओली, एमाले केन्द्रीय सदस्य गोविन्द थापा, माओवादी केन्द्रका नेता गगन पुरी, निवर्तनमान भौतिक मन्त्रालयका मन्त्री दाहालको घरमा तोडफोड तथा आगजनी गरिएको थियो। त्यस्तै , नेकपा माओवादी केन्द्र,कांग्रेस ,एमालेको नगर पार्टी कार्यालय समेत तोडफोड गर्नुको साथै आगजनी गरिएको थियो ।
यस्तो आन्दोलनकारिले इलाका प्रहरी कार्यालय दमक,दमक –३ मा निर्माण गरिएको दमक बिजनेस भ्यु टावर, दमकको व्यावसायिक प्रतिष्ठान भाटभटेनी र आन्तरिक राजस्व कार्यालयमा समेत आग्जनी तथा तोडफोड भएको थियो।

बिर्तामोडमा नागरिक प्रहरी गठन गर्ने निर्णय
विषम परिस्थितिमा सुरक्षाकर्मीको उपस्थिति कम हुने हुँदा चोरी, डकैतीजस्ता आपराधिक गतिविधि बढ्ने भएकाले सुरक्षाका लागि नागरिक प्रहरी गठन गर्ने निर्णय भएको छ । आफ्नो ठाउँ आफ्नै सुरक्षामा भन्ने नाराका साथ नागरिक प्रहरी गठन गरिएको हो ।
वर्तमान परिस्थितिको लाभ उठाउँदै चोरी डकैतीजस्ता आपराधिक गतिविधि बढ्न नदिन नागरिकस्तरबाट प्रहरी गठन गर्ने निर्णय भएको र सुरक्षाका लागि नेपाली सेनासँग समन्वय गरी काम गर्ने सन्तोष घिमिरेले बताए ।

उनका अनुसार १ हजारको संख्यामा नागरिक प्रहरी गठन गर्ने निर्णय गरिएको छ । विमोचन पोख्रेल, खगेन्द्र महतो, आयुष बस्नेत, उमेश राजवंशी र तेजराज कोइराला यसका फोकल पर्सन रहने बताइएको छ । सुरक्षा निकायले पूर्ण रुपमा काम गर्ने अवस्था नबनुन्जेल सम्मका लागि अस्थायी सुरक्षा दिन नागरिक प्रहरी गठन गर्नु परेको उनीहरुले बताएका छन् । नेपालको नक्सासहितको नागरिक प्रहरी लेखिएको भेष्ट लगाएर गस्ती गर्ने उनीहरुले बताए । आम नागरिकलाई नागरिक प्रहरीको रुपमा काम गर्न र टोल टोलमा नागरिक प्रहरी गरेर काम गर्न उनीहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.