कियाचु दक्षिण कोरियाको नयाँ नेतृत्व , अध्यक्षमा दिर्ज काङभा

झापा, २६ भदौं । किराँत याक्थुङ चुम्लुङ ( कियाचु ) दक्षिण कोरियाको १२ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । त्यहाँको नेपाली थाई रेष्टुरेन्टको सभाहलमा शनिवार सम्पन्न महाधिबेशनले दिर्ज काङभा लिम्बूको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । १३ सदस्यीय निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा सन्तोष खेवा,द्धयउपाध्यक्षमा देवेन्द्र काङभा ,चिनाहाङ पन्धाक , सचिवमा कविराज ताम्लिङ ,सह सचिवमा अर्जुन सेन्दाङ ,कोषाध्यक्षमा बिरेन लिङदेन र सहकोषाध्यक्षमा डम्बर केदेम चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा सुर्य काङभा, मणि संयक लिम्बू,नविन थोक्लेन,माङसा लुङमा तुम्बापो, उतम कुमार थोक्लेन लगायत चुनिएका कियाचु दक्षिण कोरियाका पूर्व अध्यक्ष सुन्दरदिप आङदेम्बेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.