करेन्ट लगाई माछा मार्ने क्रममा तीनको मृत्यु


झापा , २६ भदौ । झापाको छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ । शनिबार अपरान्ह याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति गाउँपालिका–२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति–३ स्थित कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।
घाइते बराईलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उनको अस्पताल पुर्याउना साथ मृत्यु भएको हो ।
यसैगरी हल्दीबारी गाउँपालिका–५ का ६१ बर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो ।
यता मेचीनगर नगरपालिका–५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाइते भएका मेचीनगर–११ स्थित धाइजनका ४७ बर्षीय सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.