झापा,२६ भदौं । गर्ग गोत्री लामिछाने बन्धु समाज झापाको नयाँ कार्यसमिति चयन गरेको छ । झापाको कनकाईस्थित कोटीहोममा रहेको गर्ग आश्रमको सभाहलमा सम्पन्न २८ औं अधिवेशनले समितिको दोस्रो बेठकबाट एक थप्ने गरी १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको अध्यक्षमा टिकाप्रसाद लामिछाने चुनिएका छन् भने बरिष्ठ उपाध्यक्ष पूर्णदेव लामिछाने, उपाध्यक्ष घनश्याम लामिछाने र सचिवमा विमल लामिछाने ,सहसचिवमा विष्णुभक्त लामिछाने र कोषाध्यक्षमा हरिप्रसाद लामिछाने चुनिएको निर्वाचन समितिका संयोजकमातृकाप्रसाद लामिछानेले जानकारी दिए ।
समितिको सदस्यहरुमा क्रमशःलोकनाथ लामिछाने, गुरुप्रसाद लामिछाने, योगप्रसाद लामिछाने, केशव लामिछाने, देवा लामिछाने, मनिशा लामिछाने, भीमप्रसाद लामिछाने, लक्ष्मीप्रसाद लामिछाने, सरोज लामिछाने, कृष्णप्रसाद लामिछाने, शर्मिला लामिछाने र सरु लामिछाने चुनिएका छन् ।
लामिछाने बन्धु समाज झापाको अधिवेशनले ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ, जसको संयोजकमा विशेश्वरप्रसाद लामिछाने रहेका छन् भने सदस्यहरुमा युवराज लामिछाने र सागर लामिछाने रहेका छन् ।
यसैगरी जिल्ला अधिवेशनले केन्द्रीय अधिवेशनमा जाने प्रतिनिधीसमेत सिफारिस गरेको छ, जसमा युद्धप्रसाद लामिछाने, मातृकाप्रसाद लामिछाने, रामप्रसाद लामिछाने, एनपी लामिछाने, पदमसुन्दर लामिछाने र हरिमायाँ लामिछाने रहेकाछन् ।
जिल्लाभरका लामिछाने बन्धुहरुको प्रतिनिधित्व रहेको भेलामा समाजका निवर्तमान अध्यक्ष एनपी लामिछानेले अघिल्लो समितिले गरेका कामहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले बन्धु समाजको सभाहल सहित विभिन्न संरचना निर्माण गर्नुका साथै पालिकास्तरसम्म बन्धु समाजलाई संगठित र संस्थागत गर्ने निर्णय समेत गरेको छ ।
अग्रजहरुलाई सम्मान
अधिवेशनको पहिलो सत्रमा विभिन्न चरणमा बन्धु समाजमा रहेर योगदान पुर्याउने अग्रजहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पूर्णदेव लामिछाने, भिमप्रसाद लामिछाने, बद्रीप्रसाद लामिछाने, यज्ञनिधि लामिछाने, कमल लामिछाने, रघुनाथ लामिछाने, दिवाकर लामिछाने,सर्मिला लामिछानेको सम्मान छोरी डिल्ली लामिछाने र स्वर्गीय महानन्द लामिछानेको सम्मान उनकी बुहारी पवित्रादेवीले ग्रहण गरेको समितिले जनाएको छ ।
पूर्व केन्द्रीय उपाध्यक्ष मातृकाप्रसाद लामिछानेको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा जग्गादाता सुरेशकुमार खरेल र सल्लाहकार संयोजक रामप्रसाद लामिछानेले अधिवेशन सफलताको शुभकामनाब्यक्त गरेकाथिए । समितिकाअध्यक्षएनपी लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य पूर्णदेव लामिछाने र सञ्चालन टिका लामिछानेले गरेका थिए ।