
दमक, २६ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियनम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) संसदबाट पास गर्न नहुने भन्दै शुक्रवार दमकमा स्वतन्त्र युवा अभियानले विरोध प्रर्दशन निकालेको छ ।
अभियानको अगुवाईमा उनीहरुले एमसीसी परियोजनाको विरोध स्वरुप प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । प्रर्दशनमा युवायुवतीहरुको सहभागिता थियो ।
उनीहरुले विरोध स्वरुप दमकमा साँझपख दैनिक प्रर्दशन गर्ने कार्यक्रम तय गरिएको अभियानका संयोजक पदम भण्डारीले बताएका छन् । एमसीसी राष्ट्रिय हित स्वार्थमा नभएको भन्दै सरकारलाई दबाब सृजना गर्ने उद्देश्यले अभियानले प्रर्दशन गरिआएको उनले जनाएका छन् ।