
दमक,२५ भदौ । संघीय लिम्बुवान मञ्च, नेपाल दमक ७ वडाको अध्यक्षमा रविन राई चयन भएका छन् । आज सम्पन्न वडाअधिबेशनले सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा दरबार सिंह लिम्बु, सचिवमा पदम वेघा, सह–सचिवमा वीरबल पोमू, अर्थसचिवमा याम कुमारी लिम्बु चुनिएका छन् ।
त्यसैगरी सदस्यहरुमा दिप श्रीमत, सोनाम तामाङ्, कालुमान तामाङ्, गणेश बहादुर कमर, प्रेम न्यौपाने, दुर्गा घिमीरे, अमर माया लिम्बु, मिन कुमार तामाङ्, समिता पाठक, सविता लिम्बु, कमल भूजेल, कुमार रोक्का, रोसन सुन्दास, मिन बहादुर सुंगुर र मोहन योङहाङ रहेका छन् ।
त्यसैगरी अर्जुन फागोको संयोजकत्वमा तीन सदस्यीय एक सल्लाहकार समिति पनि गठन गरिको छ । सल्लाहकार समितिको द्धयसदस्यमा जस बहादुर थेवे र श्याम भुजेल रहेका छन् ।
मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावतीको प्रमुख आतिथ्यतामा भएको वडाअधिबेशन उद्घाटनमा मञ्चका प्रान्तीय सचिव धनराज सुब्बा, सदस्य मनकुमार थलङ्, जिल्ला सदस्य जयप्रकाश धिमाल, दमक नगर अध्यक्ष याम लिम्बु, बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ्, कमल अध्यक्ष अमर माबोहाङ, नगर उपाध्यक्ष पञ्चवीर राई , दमक १ का अध्यक्ष उदय तुम्रोक, ५ का समीर केरुङ् र ३ का राज सिसाम लिम्बु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
पार्टीका दमक नगर समितिका बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ्ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन नगर सचिव सुख बहादुर सोदेम्बाले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष राईले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता मन्तव्य राखेका थिए ।