कमल ५ वडामा नागरिक सहायताकक्ष स्थापना

दमक, २५ भदौं। झापाको कमल गाउँपालिका -५ ले सेवाग्राहीहरुको सुविधाका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
वडा कार्यालयबाट सेवा लिन आउने वडाबासीको निवेदन तथा अन्य कागजातहरु निशुल्क रुपमा सेवा पुरयाँउन उद्देश्यले नागरिक सहयता कक्ष सञ्चालनमा ल्याईएको वडाअध्यक्ष एलवी विष्टले बताए । उनले सेवा लिन आउदाँ कागजात तयार गरेको नाममा सेवाग्राहीहरुबाट अवैध रुपले रकम लिने वा अन्य कुनै प्रयोजनका निम्ति दस्तुर नलिन तथा नबुझाउन सवैसंग आग्रह समेत गरेका छन् ।
उनका अनुसार वडाका लागि चाहिने निवेदन,फोटोकपी लगायतका कामकाज गर्न रकम बुझाउनु पर्देन् । यसअघि वडा कार्यालयमा स्थानीय लेखनदासले निवेदन लगायतका कागजातमा मनपरी रकम असुल्दैआएका थिए ।
वडाले नागरिक सहयता कक्षमा सहजताका लागि प्रतिनिधिनै खडा गरेर कार्यसम्पादन गर्ने व्यवस्था गरेको उल्लेख छ ।
यसअघि कमलका वडा न. २,४ मा समेत नागरिक सहयता कक्ष स्थापना गरि दैनिक कार्यसम्पादनमा यस किसिमको सहयोग उपलव्ध गराउदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published.