लखनपुर खानेपानी निर्वाचन : न्यौपाने नेतृत्व प्रति उपभोक्ताहरुको साथ

दमक,२५ भदौं । ५ दिनपछि हुन लागेको झापाको कमल -५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन निकै गरमागरम बन्दै गएको छ ।
निर्वाचनमा उत्रिएका उम्मेदवारहरु लावलस्कर हुदै उपभोक्ताका घरघरसम्म पुगेर भोट माग्ने क्रमले स्थानीय,प्रदेश तथा सांसदको चुनावको झझल्को दिने गरिका गतिविधिहरु हुदैगएका छन् ।नेतृत्वमा मुख्यगरि चार वटा समूहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
अन्य समूह भन्दा युवाको अगुवाई गरिआएका अध्यक्षका उम्मेदवार राजकुमार न्यौपाने प्रति आम उपभोक्ताको आर्शिवाद पाएको बुझिएको छ । न्यौपाने नेतृत्वको टिमले चुनावी प्रचारात्मक घरदैलोलाई तिब्रता दिदैआएको छ ।
न्यौपाने नेतृत्वको टिमका प्रचार संयोजक पदम निरौलाका अनुसार उम्मेद्वारहरु आफनो प्यानलको साझा प्रतिबद्धतासहित मतदाता उपभोक्ताहरुको घरदैलोमा पुगिरहेका हुन् ।
यसअघि कमलको ७ र ६ का टोल टोलमा उम्मेद्वारहरुको समूहले पुगेर सो क्षेत्रमा आगामी दिनमा खानेपानीको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिबद्धता राखेका छन् । मतदाताहरुसँगको भेटघाटले उम्मेद्वारहरु उत्साहित बनेको चुनाव प्रचार प्रसार समितिले जनाएको छ ।
न्यौपाने नेतृत्वको टिमबाट उपाध्यक्षमा दिनेश अधिकारी, सचिवमा निधिरत्न अधिकारी, सहसचिवमा बिमला भट्टराई, लेखा समिति संयोजकमा धर्मानन्द भट्टराईसहितको टिम मतदाताहरु माझ पुग्दा सकारात्मक प्रतिक्रिया पाइरहेको अध्यक्षका प्रत्यासी न्यौपानेले बताए । उनले खानेपानीमा काम गर्न सक्ने योग्य नेतृत्व खोजेका छन्,यसपटक हामी जितको नजिक छौ भन्ने लागेको बताउँछन् । उपभोक्ताले परिवर्तन चाहेका छन्, हाम्रो जित पछि पक्कै पनि खानेपानीको शुद्धता,गुणस्तरियता तथा सहज आपूर्तिका लागि काम गरेर देखाउने उनले प्रतिवद्धता जनाए ।
सो टिमका अधिकांश उम्मेद्वार सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील भएका कारण पनि उपभोक्ता माँझ लोकप्रिय देखिएका छन् ।
अध्यक्षका उम्मेदवार न्यौपाने
अध्यक्षका उम्मेद्वार न्यौपाने राजनीतिसँगै व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील हुन् । कमल ५ का स्थायीबासिन्दा उनी लखनपुर र दमक दुवै ठाउँमा व्यवसाय गर्दै आएका छन् । मिलनसार र सहयोगी भावना राख्ने न्यौपाने लखनपुर क्षेत्रमा कुशल नेतृत्वको पहिचान बनाउन सफल छन् । खानेपानीको क्षमता विस्तार र गुणस्तरीयताका लागि आफू लागिपर्ने प्रतिबद्धता सहित मतदाताको घरदैलोमा गइरहेका छन् ।
उपाध्यक्ष उम्मेद्वार दिनेश
उपाध्यक्ष पदका उम्मेद्वार दिनेश अधिकारी लखनपुरको उत्तरी क्षेत्र गुह्येश्वरी टोलका बासिन्दा हुन् । पाडाजुँगीमा व्यवसायसँगै स्थानीय आभाष बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिरहेका उनी सामाजिक रुपमा क्रियाशील युवा व्यक्तित्व हुन । अधिकारी सामाजिक र व्यवसायसँगै स्थानीय शैक्षिक क्रियाकलापहरुमा पनि उत्तिकै छन् । समाजमा आइपर्ने प्राकृतिक विपत्ती तथा समस्याहरुको निराकरणमा सधैं सकारात्मक रुपमा नेतत्वदायी भुमिका निर्वाह गर्ने गरेका उनको उम्मेद्वारीले लखनपुरका गाउँ टोलमा उत्साह थपिएको छ ।

लेखा संयोजकमा भट्टराई
लखनपुर खानेपानीको दोश्रो कार्यकालका लागि उनी चुनावी मैदानमा उत्रिएका छन् । पहिलो कार्यकाल सफल भएको र यसपटक भने बाकी भईरहेका कामलाई इमान्दारिताका साथ पूरा गराउन आफूले उम्मेदवारी दिएको उनको दावी छ ।
खानेपानीमा रहेर मैले गरेका कामको मूल्याङकन गर्न यो निर्वाचन अवसरका रुपमा आफूले लिएको स्पष्ट पार्छन् । उनले यो निर्वाचन केवल समिति फेर्न मात्र नभएर कामको मूल्याङकन गर्न पनि सुनौला मौका भएको भनेर उपभोक्ताले बुझनु पर्ने बताउँछन् ।
कमल ६ निवासी भट्टराई सहकारी लगायतका विभिन्न सामाजिक कार्यमा समेत उतिकै सक्रिय छन् ।
कुल ३६११ मतदाता
लखनपुर खानेपानी कार्यालयमै हुने निर्वाचनमा कमलको वडा न. ५,६ र ७ (साविक लखनपुर ) र साविक तोपगाछी ४ का केहि उपभोक्ता गरि ४ हजार ९ सय घरधुरीसम्म खानेपानी वितरण हुदै आएको छ । जसअनुसार क्षेत्र न. १ मा ७५९ ,क्षेत्र न. २ मा ७६०, क्षेत्रन. ३ मा १९२ , क्षेत्र न ४ मा १०५० र क्षेत्र न. ५ मा ८०४ र संघसंस्थातर्फ ४२ जना मतदाताका रुपमा रहेको निर्वाचन समितिले जनाएको छ ।
खानेपानीको कुल मतदातायोग्य उपभोक्ताको संख्या भने ३ हजार ६ सय ११ रहेको छ । चार बर्षे कार्यकाल रहने निर्वाचनबाट सञ्चालक समितिसहित लेखासमिति गरि १६ सदस्यीय समिति निर्वाचित गर्ने छ ।

Leave a Reply

Your email address will not be published.