दमक,२४ भदौ । ११० औं वीपी जयन्तीको अवसर पारेर आज झापाको दमकमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (ख) र दमक नगर समितिको आयोजनामा दमक अस्पतालका बिरामीहरुलाई फलफुल र जुस वितरण गरिएको हो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक बिकासमा पुरयाएको योगदानको स्मरण गर्दै पार्टीले सेवामुलक काममा अग्रसरता लिएको कांग्रेस दमक नगर समितिका कार्यबहाक सभापति युवराज खनाल (सागर) ले जानकारी दिए । उनका अनुसार पार्टीका जिल्ला उपसभापति शेरबहादुर भटटराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा क्षेत्र (ख ) का सभापति रवि केसी, महाधिवेशन प्रतिनिधिहरु सुरेश सुब्बा, सत्यनारायण चौधरी, अइन्द्रविक्रम केरुङ, दमक ४ का वडा सभापति राजेन्द्र सिटौला लगायतको उपस्थितिमा फलफुल वितरण गरिएको हो ।