पर्यटकीयस्थलमा नेविसंघको पदयात्रा

दमक, २४ भदौ । नेविसंघले दमकबाट पर्यटकीयस्थल चुलाचुलीको अन्धाराजा सम्मको पदयात्रा सम्पन्न गरेको छ । दमकबाट करीब ७ किलोमिटर उत्तरमा पर्ने सो स्थलसम्म नेविसंघ दमक नगर समितिको आव्हानमा नेविसंघ कार्यकर्ताहरु शुक्रवार पदयात्रामा सहभागी भएका हुन् ।
दमक नगर उपप्रमुख समेत रहकी कांग्रेस महाधिवेशन प्रतिनिधि रेगिना भटटराईको उपस्थितिमा पदयात्रामा सहभागिहरुलाई शुभकामना दिएकी थिइन् । स्वस्थ्य शरीरका लागि पदयात्रा उपयुक्त माध्यम भएको सन्देश दिन सो कार्यक्रम गरिएको नेविसंघ दमक नगर सभापति बिशाल अधिकारीले जानकारी दिए । पदयात्रामा करीब ४० जना नेता, कार्यकर्ताहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.