गौरादहमा ११० औ वीपी जन्मजयन्तीमा हाजिरीजवाफ सम्पन्न

गौरादह,२४ भदौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विपी कोइरालाको ११० औ जन्मजयन्तीका अवसर पारेर झापाको गौरादहस्थित वीपी अध्ययन प्रतिष्ठानले शनिवार क्षेत्र न. ५ अन्तर्गत वडा स्तरिय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
गौरादह २ स्थित वि.पी स्मृति भवनमा भएको हाजिरीजवाफमा झापा क्षेत्र न. ५ का २९ वटा वडा मध्ये १७ वटा वडाहरुको सहभागिता रहेको थियो ।प्रतियोगितामा गौरादह वडा न. ३ समूह पहिलो, गौरादह वडा न . ६ समूह दोश्रो र गौरादह वडा न. ४ समूह तेश्रो भएका थिए । प्रतियोगितामा बिजयी हुने प्रथम, द्वितीय र तृतीयलाई नगदसहित क्रमशः १५, १२ र ८ इन्चको साउण्ड बक्स प्रदान गरिएको थियो । हाजिरीजवाफका विजेताहरुलाई प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धमेन्द्र नेम्वाङ्ग, झापा जिल्ला अध्यक्ष विशाल थापा लगायतकाले पुरस्कार प्रदान गरेका थिए । बिपीको विचार र सिद्धान्त सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका गौरादह अध्यक्ष कोमल प्रसाद ढुंगानाले बताए ।
पुरस्कारको सौजन्य कांग्रेस नेता तथा साविक तोपगाछी गाविसका अध्यक्ष पदमबहादुर पौडेल, गौरीगञ्ज ३ का पूर्व वडाअध्यक्ष मखना महतो लगायतले सहयोग पुरयाँएका थिए । कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष बिनिता कटुवालले स्वागत मन्तब्य राखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.