मिगौंला पीडितलाई खनाल सेवा समितिको सहयोग


दमक,२५ भदौं । खनाल सेवा समिति दमकले लामो समय देखि मिर्गौला रोग पीडित आशिष खनाललाई सहयोग गरेको छ ।दमक ९ निवासी खनाललाई खनाल सेवा समितिले रु ११ हजार ५ सय आर्थिक सहयोग गरेको हो ।
उक्त रकम खनाल सेवा समितिका अध्यक्ष लिलानाथ खनालले हस्तान्तरण गरेका हुन् । हाल पीडित खनाल आफना स्व. पिता धर्मानन्द खनालको पितृशोकमा रहेका छन् ।
स्व. धर्मानन्दको १०औं पूण्य तिथीको दिन शनिवार उक्त रकम हस्तान्तरण गरिएको खनाल सेवा समितिका सचिव ओम प्रसाद खनालले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा खनाल सेवा समितिका पदाधिकारीहरु र खनाल बन्धुहरुको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.