दमकका पूर्व प्रधानपञ्च श्रेष्ठको निधनमा आइतवार शोक विदा

दमक,२५ भदौं । दमकका पूर्व प्रधानपञ्च तथा समाजसेवी धनबहादुर श्रेष्ठको निधन भएको नगरपालिकाले आइतवार एक दिनका लागि शोक विदाँ दिएको छ ।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाले आज शोक विज्ञप्ति जारी गरि दमकका पूर्व प्रधानपञ्च श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दे मिति २०७८ भदौ २७ गते आइतवारका दिन शोक विदाँ दिने उल्लेख गरेका छन् । दमकका पूर्व प्रधानपञ्च श्रेष्ठ नगरकै पूराना जनप्रतिनिधि संगै दमकको समाजसेवी तथा विकास प्रेमी अभिभावक भएको शोक विज्ञप्तिमा उल्लेख छ ।
दमक १ निवासी ९३ बर्षिय श्रेष्ठको आज विहान दमकको एड्भान्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । उनी केहि महिनादेखि अस्वस्थ्य थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रदेश समितिका अध्यक्ष राम थापाका अनुसार दिवंगत श्रेष्ठले विस २०२६ सालदेखि २०३८ सालसम्म तीन कार्यकाल त्तत्कालीन दमक नगर पञ्चायतका प्रधानपञ्च भएर काम गरेका थिए । दिवंगत श्रेष्ठको पार्थिव शरीर आज दिउँसोनै कन्काई नदीमा अन्त्येष्टि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.