दमक,२५भदौं । जिल्लाको कमल गाउँपालिका वडा नं. २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
विद्यालयमा सोमबार सम्पन्न अभिभावकहरुको भेलाले होमप्रसाद बरालको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
गठित समितिको सदस्यहरुमा कुमार बस्नेत , मेखलाल श्रेष्ठ ,गोमादेबी पौडेल ,पार्बता फुयल न्यौपाने, मिनादेबी शर्मा , पदेन सदस्यहरुमा वडा प्रतिनिधिबाट वडाअध्यक्ष अशोक सुब्बा, शिक्षक प्रतिनिधिबाट धरणिधर गजुरेल र सदस्य सचिवमा प्रधानाध्यापक हिमप्रसाद दाहाल रहेका छन् ।