दमक, २४ भदौ । कवि तथा साहित्यकार हेम अधिकारीको तीन कृति एकै साथ लोकार्पण भएको छ ।साहित्य कला सङ्गमले शनिवार एक कार्यक्रमको आयोजना गरि श्रष्टा अधिकारीद्धारा लिखीत तीन वटा कृतिको प्राध्यापक चुडामणी बाशिष्ठलगायतका अतिथिहरुले सामूहिक रुपमा कृतिको लोकार्पण गरे । कृतिमाथि साहित्यकार गंगा प्रसाद अधिकारीले ‘उत्तरी ध्रुवतिर टहलिदा’ ,कवि यज्ञ परिश्रमीले ‘जीवनका गौँडा गल्छेँडाहरु ’ कृतीको समीक्षा गरेका थिए। कार्यक्रममा ‘क्रियाको रुप विश्लेषण’ कृतिको समेत लोकार्पण गरिएको थियो । साहित्यकारहरु पुण्य खरेल,राजेन्द्र संग्रौला लगायतका अग्रज श्रष्टाहरुले शुभकामना दिएका थिए । त्यस्तै, कार्यक्रममा साहित्यकारहरु देवीचरण भण्डारी , खगेन्द्रा खुसी लगायतले साहित्य रचना वाचन गरेका थिए । कृतिकारको एकैसाथ तीनवटा कृति सार्वजनिक भएको यो नै पहिलो भएको श्रष्टा अधिकारीको दावी छ । उनी दमक प्रज्ञा प्रतिष्ठानका निर्वतमान अध्यक्ष समेत हुन् ।
साहित्यकला सङ्गमका उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शकले स्वागत गरेको उक्त कार्यक्रम सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने श्रष्टाहरु मेघराज तिम्सिना,लक्ष्मी फुयल,तिला लेकाली,भगवती ढुङ्गेल, यादवप्रसाद अधिकारी,ओमप्रसाद खनाल,मेघनाथ बन्धु, विरेन्द्र खडका,ओमप्रकाश गौतम लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन सङ्गमका महासचिव दीपक सुवेदीले गरेका थिए ।