पथरी शनिश्चरे, २४ भदौ । मोरङको पथरीशनिश्चरेमा राष्ट्रिय भुजेल समाजको मोरङ जिल्ला महिला तथा यूवा अधिवेशनसहित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।शनिबार एक कार्यक्रमका बीच पथरीशनिश्चरे ०१स्थित सिरीजंगा स्मृति धार्मिक वनको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा भुजेल सेवा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेलले राज्यले आदिवासी भुजेल जातिलाई उपेक्षा गरेको र राज्यका कुनै पनि अवसर सम्मान पुर्वक नदिएको आरोप लगाए। जनणगनाका वेला पनि भुजेल समुदायलाई विभाजित गरेको उनको दावी थियो ।
सोहि कार्यक्रममा पथरीशनिश्चरे नगरकी उपप्रमुख देवीमाया काफ्लेले नगरभित्रका विभिन्न जातजातिलाई जस्तै भुजेल समुदायको उत्थानको लागि सक्दो सरसहयोग र साथ रहने प्रतिबद्धता जनाईन् ।
नगरउप प्रमुख काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ केन्द्रीय उपाध्यक्ष भुजेल, महिला समाज सेवा समितिकी केन्द्रीय सचिव ईन्दु खवास लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
पछिल्लो जनगणना अनुसार नेपालमा भुजेल जातिको १ लाख २० हजार ४ सय ६१ रहेको छ भने मोरङमा १० हजार जनसंख्या रहेको छ ।यो जाति खास गरी उर्लावारी, पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दर हरैंचा, विराटनगर, लेटाङ्ग र केराबारीमा नगरस्तरीय ईकाई समिति गठनहरू बनेका छन्। साथै,अट्टो सिटी सफारी भुजेल महिला चालकलाई खादा,अबिर, नगद सहित सम्मान गरिएको थियो।
सोहि अवसरमा २ वर्षे कार्यकालका लागि भुजेल महिला सेवा समिति मोरङको तेस्रो जिल्ला अधिवेशनको बन्दसत्र सत्रबाट अध्यक्षमा मीना भुजेल निर्विरोध निर्वाचित भईन् । ११ सदस्यीय समितिको उपाध्यक्षमा रेखा भुजेल , सचिवमा मन्जु भुजेल , सहसचिवमा अनिता भुजेल, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, तथा अन्य सदस्यहरुमा क्रमशः विमला भुजेल, मन्दिरा भुजेल,अनु भुजेल र केन्जल भुजेल सर्वसम्मत निर्वाचित भईन् । त्यस्तै, उक्त जिल्ला अधिवेशनबाट युवातर्फ पनि ११ सदस्यीय मोरङ जिल्ला समिति गठन गरेको छ। नवगठित समितिको अध्यक्षमा विनोद भुजेल, पुष्कर भुजेल, सचिव पुष्प भुजेल, सहसचिव उषा भुजेल, कोषाध्यक्ष खगेन्द्र भुजेल र सदस्यहरुमा दिपेश भुजेल,अन्जना भुजेल,रोशन भुजेल लगायत चयन भएका छन्।
जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय समितिका उपाध्यक्ष राजकुमार भुजेलले शपथग्रहण गराउनुका साथै खादा, अबिर तथा पदीय जिम्मेवारी सहित प्रमाण पत्र प्रदान गरेका थिए।