दमक ,२३ भदौं । झापाको दमकमा क्लब हिमालयन टाइगर दमक शाखाको नयाँ नेतृत्व चयन भएको छ । क्लवको सम्पन्न दोस्रो वार्षिक साधारण सभाले खगेन्द्र बजगाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उनी औषधी व्यवसायी हुन् ।
सर्वसम्मत गठित १२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भूपेन्द्र निरौला, महिला उपाध्यक्षमा डुका कुमाल, सचिवमा राजु अधिकारी, सहसचिवमा अर्जुन निरौला, कोषाध्यक्षमा भूमि निरौला रहेका छन्। त्यस्तै, सदस्यहरुमा विनोद अधिकारी, दिवस खतिवडा, प्रशान्त ढकाल,बिप्लक दंगाल, प्रदीप बस्नेत, र सुरेश बराल चयन भएका छन् । क्लवले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको छ ।