आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धान केन्द्र बनाइने : मुख्यमन्त्री 

दमक , २३ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धान केन्द्र बनाउने काम भईरहेको बताएका छन् ।
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरको अन्तरङ्ग, ईसिजि, एक्स–रे लगायतका सेवा विस्तारको आज उद्घाटन गर्दे उनले प्रादेशिक स्तरको यस आयुर्वेद अस्पतालको सेवा विस्तारसँगै आयुर्वेद क्षेत्रको समग्र विकासका लागि विज्ञ सम्मिलित कार्यदलनै बनाएर आवश्यक नीति नियम र कार्यक्रमसहितको योजना ल्याउने काम भईरहेको जानकाी दिए ।
कार्यदलले काम गरिरहेको र त्यसैवाट आएको सुझावको आधारमा आयुर्वेद क्षेत्रको विकासका लागि प्रदेश सरकारले निर्णय लिने पनि उनको भनाई थियो ।
प्रादेशिक आयुर्वेद अस्पतालले कम जनशक्ति भएपनि अहिले भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गरिरहेको पाएको बताउँदै उनले यस अस्पतालको स्तरोन्नति र विकासका लागि प्रतिष्ठानको रूपमा लैजान थप आवश्यक काम थालिसकेको बताए । उनले भने , –“यो अस्पताल आफैँ सक्षम बन्ने किसिमको योजना अनुसार अघि बढ्नुपर्छ । त्यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ।’
अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्नका लागि विज्ञहरूको कार्यदलले काम गरिरहेको उनको भनाई थियो ।
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनशक्ति अभावलाई पूर्ति गर्नका लागि आवश्यक कदम चालिने बताउदै त्ससमा प्रदेश सरकारबाट सदैव सहयोग रहने प्रतिवद्धता जनाए ।
अस्पतालका निमित्त निर्देशक डा.सिद्धार्थ ठाकुरले आयुर्वेद यस अस्पतालले पुरयाँउदै आएको सेवाका बारेमा जानकारी गराएका थिए । उनले कोशी प्रदेशभरका बिरामीहरूलाई विशिष्ठकृत सेवा दिने लक्ष्य अनुसार आफूहरूले सेवा विस्तार गरेको स्पष्ट पारे ।
कमल ६ स्थित सो सुविधासम्पन्न आयुर्वेद अस्पतालमा सेवा विस्तार पछि सेवा लिन आउने विरामीको चाप दिनानुदिन बढ्दै गएका छ । अस्पतालमा दैनिक सय जनाको हाराहारीमा आयुर्वेद स्वास्थ्य सेवा लिन आउने गरेको निमित निर्देशक ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published.