दमक,२३ भदौं । नेकपा एमाले कमल गाउँ कमिटीले जिल्लाको कमल गाउँपालिकास्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भाद्र ३१ गते हुने निर्वाचनमा पार्टी निर्णयको बर्खिलाप गरेको भन्दै पार्टी सदस्य उषा भण्डारीलाई कारवाही गरेको छ ।
पार्टी गाउँकमिटी अध्यक्ष हरि ढकालले आज विज्ञप्ति जारी गरि खानेपानी समितिको आसन्न निर्वाचनमा उनले पार्टी निर्णय हित विपरीत गतिविधि गरि अध्यक्ष पदमा पुनः उम्मेद्वारी दर्ता गरेको र सो उम्मेद्वारी फिर्ता लिन पार्टी कमिटीले गरेको निर्देशनलाई समेत अवज्ञा गरेको भन्दै कारवाही गरिएको उल्लेख गरेका छन् ।
पार्टी बिधान बमोजिम आजैका मितिदेखि लागू हुने गरि निजलाई पार्टी सदस्य समेत नरहने गरि अनुशासनको कारवाही गरिएको अध्यक्ष ढकालले उल्लेख गरेका छन् ।
दाहाललाई कांग्रेसको स्पष्टीकरण
नेपाली कांग्रेस कमलले खानेपानीको निर्वाचनमा वागी उम्मेदवार दिने प्रमोदकुमार दाहाललाई स्पष्टीकरण सोधेको छ ।
भदौ ३१ मा हुने निर्वाचनमा उनले पार्टी निर्णय विपरीत उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि स्पष्टीकरण सोधेको हो । पार्टी निर्णय विपरित उम्मेदवार दिनुका कारणका बारे लिखीत रुपमा तीनदिन भित्रमा जवाफ दिन स्पष्टीकरणमा उल्लेख छ । दाहाल जिल्ला सदस्य हुन् । स्पष्टीकरण चित्तबुझ्दो नआएमा कारवाहीका लागि थप प्रकृया अघि बढाउने गाउँ सभापति खगेन भण्डारीले बताएका छन् ।
यता, स्पष्टीकरणका बारेमा उम्मेदवार दाहालले आपूmले पार्टी अहित हुने गरि उम्मेदवारी नदिएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमाफत नै जवाफ दिदै उनले उम्मेदवार चयन प्रकृया प्रति आपत्ति जनाउदै पार्टीले कसैलाई काखापाखा गर्न नहुने बताएका छन् । आफूमाथि पार्टीका सभापतिले उम्मेदवारी चयन विषयमा कुनै कुरै नगरि उम्मेदवार छान्ने गलत कामको अभ्यास आफूले मान्नु पर्ने कारण नभएको जिकीर गरेका छन् ।