वीपी जयन्तीमा अन्तरकृयात्मक बैठक

दमक,२३ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा कांग्रेस झापा क्षेत्र नं ५ मा आइतवार विभिन्न कार्यक्रम गरिएका छन् ।

कांग्रेस भापा -५ ले जिल्लाको कमल गाउँपालिका -५ मंगलवारे स्थित रेडक्रस सभाहलमा अन्तरकृयात्मक बैठक सम्पन्न गरेको छ भने कांग्रेस दमक -५ वडाले वडाको सौन्दर्यकरणका लागि फूलसहितको गमला टोल संस्थालाई प्रदान गरिएको छ ।

पार्टीकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको अन्तरकृयात्मक बैठकमा सहभागिहरुले पार्टीले सञ्चालन गरेको क्रियाशील सदस्यता नविकरण तथा पार्टी संगठन सुढृढिकरणका विषयमा आआफना विचार राखेका थिए ।

बैठकमा क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले क्षेत्र भरि जारीरहेको क्रियाशील नविकरण कार्य भदौ २५ भित्र सम्पन्न गर्नु पर्ने तथा जिल्ला तथा क्षेत्रबाट भईरहेका कार्यसम्पादनका विषयमा जानकारी गराएका थिए ।

बैठकमा कांग्रेस कोशी प्रदेश सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, कोशी प्रदेश सदस्य भूमि राई, कांग्रेस कमलका सभापति खगेन भण्डारी, गौरादहका सभापति गोपाल कोइराला लगायतले पार्टी क्रियाशील सदस्यता नविकरणमा देखिएका समस्याका विषयमा आ–आफनो धारणा राखेका थिए ।

सो बैठकमा कांग्रेस क्षेत्र,प्रदेश ,जिल्ला कार्यसमितिका सदस्यहरु लगायतका अगुवा पार्टी ,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यता,दमक -५ कांग्रेस वडाले वीपी जयन्तीका अवसर पारेर त्यहाँका टोल विकास संस्थालाई फूलसहितको गमला हस्तान्तरण गरिएको वडासभापति चैतन्य बरालले बताए ।

विपी जन्मजयन्तीको उपलक्ष्यमा नेपाल तरुण दल गौरादहले भदौ २४ गते खुल्ला रक्तदान कार्यक्रम राखेको छ ।नेपाल तरुण दलसहित नेपाली कांग्रेस वडा समिति -६ ले दामुना बजारमा खुला रक्तदान कार्यक्रम राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.