स्थापना दिवसमा दमक जेसीजद्धारा आश्रमलाई सहयोग

दमक,२२ भदौ । दमक जेसीजले आफनो ४२औं स्थापना दिवसका अवसर पारेर आज दमकको एउटा बालआश्रमलाई खाद्यानसहित सहयता सामग्री प्रदान गरेको छ ।दमक -९ स्थित दमक बाल बृद्धाश्रममा पुगेर दमक जेसीजले खाद्यान्नसहित एक थान फ्रिज प्रदान गरेको हो ।
दमक जेसीजका संस्थापक अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता तथा दमक जेसीजका संस्थापक सदस्य पदम कोइरालाको विशिष्ट आतिथ्यतामा भएको सो कार्यक्रममा स्थापना दिवसको केक काट्नुका साथै आश्रमलाई एक थान फ्रिज प्रदान गरिएको दमक जेसीजका पूर्व अध्यक्ष चन्द्र खत्रीले बताए ।त्यस अवसरमा जेसीज तथा सहभागिवीच स्थापना दिवसका उपलक्ष्यमा शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
जेसीजको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको सचिव रामचन्द्र अधिकारीले बताए । स्थापना दिवस कार्यक्रममा आश्रमकी अध्यक्ष मन्दरा चिमरिया पौडेल, जेसीजका पूर्व अध्यक्ष गञ्जबहादुर दाहाल, पदाधिकारी,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.