दमक,२३ भदौं । सञ्चारकर्मी समेत रहेकी सविना साङ्पाङ राईले दमकमा सबु ब्यूटि पार्लर एण्ड कस्मेटिक पसल सञ्चालन ल्याएकी छिन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) झापाकी जिल्ला उपाध्यक्ष हुन् ।
दमक ६ स्थित हनुमान मन्दिर मार्गमा उनले आधुनिक प्रविधिबाट हेयर कर्ली ,मेहन्दी ,नेल आर्ट ,,सौर्न्दर्य सम्बन्धी सम्पूर्ण कामहरुको साथै कस्मेटिक सामानहरु सुपथ मूल्यमा उपलव्ध गर्ने उद्देश्यले पार्लरसहितको कस्मेटिक पसल सञ्चालनमा ल्याएकी हुन् ।
विहिबार एक औपचारिक कार्यक्रमका बीच उक्त पसलको दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खडकाले रिबन काटेर उदघाटन गरे ।
कार्यक्रममा पहिलो पाइला नेपाल केन्द्रीय सदस्य दिपक खडका ,मेघनाथ फुयाल ,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।