अपराध नियन्त्रण गर्न संघसंस्थाबीच अन्तरक्रिया


गौरीगञ्ज २३, भदौ ।
पछिल्लो समयमा गौरीगञ्ज क्षेत्रमा बढ्दो अपराधिक गतिविधिहरूलाई न्यूनिकरण गर्न झापा उद्योग वाणिज्य संघ गौरीगञ्जले अन्तर्किया कार्यक्रमको आयोजना गरेको छ ।
संघका अध्यक्ष मखना महतोको अध्यक्षतामा बिहिबार भएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रमा बढ्दो आपराधिक गतिविधिलाई न्यूनीकरण र नियन्त्रण गर्न सहभागी सुरक्षा प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख, संचारकर्मीलगायतले सुझाव सुझाएका थिए ।
पछिल्लो समय गौरीगञ्ज ३ र ६ अन्तर्गत खजुरगाछी गौरीगञ्ज बजारमा चोरीका घटना बढेको हो ।
कार्यक्रममा यस क्षेत्रको मुल सडक र चौकहरूमा सिसि क्यामेरा जडान र सञ्चालन गर्ने, सडक बत्ती जडान गर्नु पर्ने, युवाहरूलाई स्वरोजगारको व्यवस्था गर्नु पर्ने, स्कुल र क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन गर्ने, खुल्ला नाकामा सुरक्षाकर्मीको सक्रिय चेकजाँच गर्नु पर्ने, मादकपदार्थ बेचविखन गर्ने होटल तथा पसलहरू बेलैमा बन्द गराउनु पर्नेलगायतका सुझावहरू दिएका थिए ।
कार्यक्रममा गौरीगञ्जका सुरक्षा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, वैंक तथा वितिय संस्थाका प्रमुख, विद्यालयका प्रअ, वाणिज्य संघका प्रतिनिधि, बजार व्यवस्थापन समितिका अध्यक्षलगायत व्यापारीहरूको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published.