दमकमा अवैध काठसहित ५ जना पक्राउ

झापा , २२ भदौ । अवैध रुपमा काठ साइकलमा राखेर चोरी तस्करी गर्ने पाँचजना दमकबाट पक्राउ परेका छन्आज बिहान ३ बजे दमक वडा न.२ आम्दा रोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ थान साईकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ईलाम चुलाचुली ५ बस्ने १९ वर्षिय नविन लिम्बू , वडा नं ३ बस्ने २० वर्षिय सुजन श्रेष्ठ,सोही ठाउँका ३० वर्षिय धनपति न्यौपाने ,फाकफोकथुम ३ बस्ने २० वर्षिय रमेश लिम्बु र पाँचथर तुम्मेवा १ बस्ने २२ वर्षिय विवेक लिम्बू रहेका छन् । अवैध रुपमा सिसौको जातको गोलिया ५ थान २६.८५ क्युवि, सखुवा जातको चिरान काठ १४ थान ११.९५ क्यु।वि।० गरी जम्मा ३८.८० क्युवि काठ र काठ काट्ने साधनसहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको र आवश्यक कार्वाहीका लागि सब डिभिजन बन कार्यालय बेलडाँगी दमकमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.