नन्दमायालाई छविराम- महेश्वरा छात्रवृत्ति प्रदान

दमक,२२ भदौं । दमकका होमियो चिकित्सक डा. लेखनाथ न्यौपानेसहित उनका दाजुहरु मिलेर रोटरी क्लव अफ दमकमा छविराम -महेश्वरा छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
डा. न्यौपानेसहित उनका दाजुहरुले रोटरीमा रु १ लाख राशीको कोष स्थापना गरेका हुन् ।
रोटरी क्लव अफ दमक मार्फत प्राप्त हुने व्याजबाट हरेक बर्ष दमक -९ स्थित सरस्वती माध्यमिक विद्यालयका एक जेहेन्दार छात्र र छात्रालाई उच्च शिक्षा अध्ययनका लागि रु १५,००० छात्रवृति प्रदान गरिने छ । यो बर्ष कक्षा १२ मा अध्ययन गर्ने जेहेन्दार र कमजोर आर्थिक अवस्था भएकी नन्दमाया फुयेललाई आज रोटरी क्लव अफ दमकले एक कार्यक्रम गरेर सो रकम प्रदान गरेको छ ।
सो अवसरमा रोटरीका पूर्व अध्यक्षहरु नवीन श्रेष्ठ, सन्दिप चापागाईं, भरत चम्लागाई, सदस्यहरु र कोषदाता रोटरीयन डा.लेखनाथ न्यौपाने, विद्यालयका शिक्षक र विधार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.