मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, दुई घाईते

दमक,२२ भदौं । मोटरसाइकल एकापसमा ठोक्किएर झापाको कचनकवल -६ स्थित भित्रि सडक खण्डमा एक जनाको मृत्यु भएको छ ।
सोमबार राती ८ बजे तिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१०प ५२८९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको मे८प २१३७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा सोही ठाउँका ३७ बर्षिय सोम दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर अर्का मोटरसाइकल चालक करण राजवंशी र पछाडी सवार १८ बर्षिया जयामति राजवंशी गम्भिर घाईते भएका छन् । उनीहरुको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.