दमक- ८ का दश जना ज्येष्ठ पिताहरु सम्मानित 

दमक,२२ भदौं । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ८ ले आठौ वार्षिक साधारण सभा तथा ज्येष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार प्रतिष्ठानले वडाका १० जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ पिताको रुपमा सम्मान गरेको हो ।

सम्मानित हुने ज्येष्ठ पिताहरुमा रत्नबहादुर श्रेष्ठ,बलराम खड्का ,कुल प्रसाद धिमीरे,दुर्गाप्रसाद शिवाकोटी,लक्ष्मीप्रसाद भट्टराई,भेषराज भण्डारी,भवानीशंकर बास्तोला,कुलप्रसाद खतिवडा,गंगाप्रसाद दहाल,नरेन्द्र प्रसाद अधिकारी रहेका छन।

सम्मानित हुनेहरुलाई प्रमुख अतिथि दमक ८ का वडा अध्यक्ष धर्मप्रसाद दहाल,जेष्ठ नागरिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद पौडेल लगायतले टिका माला दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।साथै एभरेष्ठ बोडिङ्ग स्कुलकी प्रिन्सिपल ईन्दिरा प्याकुरेलले सम्मानित ज्येष्ठ बुबाहरुलाई यातायात खर्च बापत जनहि रु ५०० का दरले नगद र केही कपडाहरु प्रदान गरेकी थिईन । कार्यक्रममा ज्येष्ठ नागरिक प्रतिष्ठानको केन्द्रीय साधारण सभाका लागि प्रतिनिधिहरु समेत चयन गरेको छ ।सोही कार्यक्रममा दमक ८ वडा कार्यालयले ३० थान कुर्सी प्रतिष्ठानको शाखा समिति दमक -८ लाई प्रदान गरिएको थियो ।

सभामा प्रतिष्ठानका शाखा समिति अध्यक्ष ओमप्रसाद खनाल बाट प्रस्तुत गरिएको वार्षिक प्रतिबेदनलाई सर्व सम्मत रुपले पारित गरिएको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्वहरु प्रेमप्रसाद दगाल, कोषराज प्याकुरेल,टंक पाठक,शारदा उपाध्याय, बिन्दु दाहाल मुकदर्शक, नरेश कुमार गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शाखा सचिव तारानाथ भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.