झापा ३ मा राप्रपा अध्यक्ष लिङदेन सर्वसम्मत सिफारिस

झापा, २१ भदौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र न ३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । आज बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो ।

अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस भए सँगै झापा राप्रपा उत्साहित देखिएको छ । उम्मेद्वारी घोषणा गरिएसंगै चुनावी प्रचार प्रसार अभियानलाई उत्साहित रुपमा अगाडी बढाउने राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले भने।
अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा भारी मतान्तर सहित विजय हासिल गरेको क्षेत्र हो ।

झापा ४ बाट खुस्बु ओली उठ्ने निश्चित
यसैगरि झापा क्षेत्र ४ मा राप्रपाबाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि खुस्वु ओलीको नाम सर्बसम्मत सिफारिस गरिएको छ। वेलायतको अक्स्फर्ड विश्वविधालयमा राजनीतिशास्त्र अध्ययन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री ओली झापा निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि सर्वसम्मत रुपमा सिफारिस भएकी हुन्।
युवा उद्द्यमी तथा अन्तराष्ट्रिय रणनीतिकार ओली हाल राप्रपामा केन्द्रीय प्रशिक्षक समेतको जिम्मेवारी सम्हालेकी छिन्। एक दशक देखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको एनजिओले हाल नेपालका कारागारहरुमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।

झापामा रहेर लामो समय देखि कृषि क्षेत्रमा सेवारत रहेकी ओलीको झापा ४ को उपस्थितिले महिला र युवा वर्गमा प्रेरणा मात्र नभई नयाँ जोश र आशा समेत दिलाएको बताइन्छ।

Leave a Reply

Your email address will not be published.