झापा,१९ भदौ । मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चल प्रतियोगिताको क्लोज क्याम्पमा रहेका प्रतिस्पर्धिहरुले अ-आफ्नो प्रतिभा प्रस्तुत गरेका छ्न् ।सोमबार बिर्तामोड्को सिटी सेन्टरमा रहेको साइ पार्टी प्यालेसको सभा हलमा उनीहरुले ट्यालेन्ट सो अन्तरगत अ-आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
हाल १५ जना महिला र ८जना पुरुष गरि २३ जना क्लोज क्याम्पमा रहेका छ्न् । प्रतियोगीहरुले नृत्य, गायन, कबिता बाचन र समसामयिक बिषयहरुमा स्पिच बाचन गरेका थिए ।उनीहरुको प्रतिभाको मूल्यांकन मिसेस प्रदेश १ ,2018को सेकेन्ड रनरअप तथा पूर्वान्चल डान्सिङ क्वीन निरा शंकर ,डान्स कोरियोग्राफर, मनिकुमार शंकर ,ग्लामर नेपालका प्रबन्ध निर्देशक लक्ष्मण जोयल श्रेष्ठ र पूर्व सिनियर मोडल रमेश बराईलीले गरेका थिए ।
बी ब्रोस इन्टरटेन्डमेन्टको आयोजनामा हुनलागेको मिस्टर एण्ड मिस बिश्वकर्मा प्रतियोगितामा आशिका लोहार, जोस्ना दियाली, मेघा रसाईली,रबिना बराईली, रिया शंकर ,दीक्षा सिन्चिउरी, शृजना बिस्वकर्मा, सरिता दियाली, करुणा रामदाम,बर्षा लोहार,,ऐश्वर्य बिश्वकर्मा, अस्ना लोहार,अस्मि रसाइली, रिमोना लोहार र निर्जला सिन्चिउरी रहेका छन् ।त्यस्तै मिस्टर बिश्वकर्माको लागि सरोज बराइली,शक्ति सिन्चिउरी,घनश्याम लकान्द्री,रोहित बिश्वकर्मा,सुमन सिन्चिउरी, सुजल बराइली, सफल बिश्वकर्मा, दिपन रसाइली रहेका छन् ।
कला साहित्य र मनोरञ्जन सम्बन्धी विभिन्न कार्यक्रम उत्पादन र सञ्चालन गर्दै आइरहेको बी ब्रोसले विश्वकर्मा समुदायभित्र रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले मिस्टर एन्ड मिस पूर्वाञ्चल प्रतियोगिताको आयोजना गरेको संस्थाका चियर मेन तथा मोडल सन्जय बिश्वकर्माले जानकारी दिए।
सहभागी प्रतियोगिहरुलाइ भदौ २१गते सम्म तालिम गराएर भदौ २२ गते बिर्तामोडस्थित साइ पाटी प्यालेस सिटी सेन्टरमा ग्रान्ड फिनाले भब्यताको साथ सम्म्पन्न गर्ने प्रदेश इन्चर्ज राज दियालीले बताएका छ्न ।पूर्वाञ्चल मिस्टर तथा मिस हुने उत्कृष्ट ३,३ जना लाई नगदसहित आकर्षक गिफ्ट हेम्पर तथा म्युजिक भिडियो र मोडलिङमा अवसर प्रदान गरिने आयोजकले बताएको छ ।प्रदेश १ मात्र नभई सातै प्रदेशबाट छनौट भएकाहरू 2024मा काठमाण्डौमा हुने ग्राण्ड फिनालेमा सोझै सहभागी हुन पाउने आयोजकले जनएको छ ।