अपराध नियन्त्रण गर्न माग गर्दै क्लब पुग्यो दमक प्रहरीमा

गौरादह, २० भदौं । गत भाद्र ११ गते गौरादहको धिमधिमेचोकमा निकै ठुलो लुटपाटको घटना सार्वजनिक भयो। कुशेऔशीको दिन मध्यरातमा २ वटा पसल फ़ुटाएर लुटेराहरु फरार बने। प्रहरीले अनुसन्धान सुरु गर्यो। आपराधिक गतिविधिमा संलग्नलाई सीसीक्यामेराले राम्रै संग कैद पनि गरेको रहेछ।
प्रहरीले भन्यो,‘फुटेजको सहायताले अनुसन्धानमा सहज हुन्छ।’

घटना घटेको आजका मितिले १० दिन पूरा भएको छ तर अहिलेसम्म संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको भने छैन्।सीसीक्यामेराले मध्यरातमा कैद गरेका तिन अनुहार को हुन् ? भन्ने विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाई छ।

गौरादह क्षेत्रमा चोरी र लुटपाटका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै आएको धिमधिमे युवा क्लबले ईलाका प्रहरी कार्यालय दमकमा आइतवार ध्यानाकर्षण पत्र बुझाएको छ। यस अघि उक्त संस्थाले गौरादह प्रहरीलाई ध्यानाकर्षण गराइसकेको थियो ।

ध्यानाकर्षण पत्र बुझाउन ईलाका प्रहरी कार्यालय दमक पुगेका क्लब पदाधिकारीलाई आश्वासन दिंदै प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरिले आपराधिक अनुसन्धानमा प्रहरीले जिम्मेवारीपुर्वक भूमिका खेलिरहेको बताएका थिए। तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडी बढिरहेको भन्दै प्रनाउ गिरिले आपराधिक गतिविधिमा संलग्न हुनेहरु लामो समय सम्म भागेर हिड्न नसक्ने बताए। नागरिक समाजले प्रहरीलाई सहयोग पुर्याउनु जरुरी भएको भन्दै उनले नागरिकहरु सचेत रहने हो भने मात्र समाजमा अमनचयन कायम गराउन प्रहरीलाई मद्दत पुग्ने बताएका छन्।

अध्यक्ष प्रविण बस्नेत भन्छन्, ुहरेक दिन लुटपाट भएको घटना सुनिन्छ, हुँदा हुँदै मेरै पसलमा समेत लुटपाट मचिएको छ, संलग्न गिरोह पत्ता लाग्न नसक्नु दुर्भाग्यपूर्ण छ।ु

क्लब अध्यक्ष समेत रहेका बस्नेतको धिमधिमे स्थित बस्नेत ट्रेडर्समा पसेर लुटेराहरुले झन्डै १ लाख बराबरको नगद र जिन्सी सामाग्री चोरी गरेका थिए। उक्त घटनाको सीसी क्यामेरा फुटेज हेर्दा मखुण्डोधारी ३ जना व्यक्तिहरु पसल भित्र छिरेर नगद र जिन्सी उठाउँदै गरेको दृष्य प्रष्ट रुपमा देख्न सकिन्छ।

ध्यानाकर्षण पत्र बुझाएको बारे क्लवका सचिव गुणराज पौडेल भन्छन्,‘हामीले सकारात्मक दवाव पुगोस भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाएका हौ। शान्ति र अमनचयन कायम होस् भन्ने हाम्रो उद्देश्य हो, नागरिक समाजलाई सचेत गराउदै आपराधिक गतिविधि निस्तेज पार्ने प्रयासमा कल्बले सदैब नित्रित्वदायी भूमिका खेल्ने छ।’

Leave a Reply

Your email address will not be published.