भद्रपुरका पूर्व वडाध्यक्ष राजवंशी कारागार चलान

झापा, १८ भदौ । झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाईदिएको आरोपमा अदालतले सजाय सुनाएका झापा, भद्रपुर नगरपालिका वडा न. ९का पूर्व वडाअध्यक्ष ५२ बर्षिय शनिलाल राजवंशीलाई पक्राउ गरि कारागार चलान गरिएको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गतेको फैसला अनुसार तत्कालीन वडा अध्यक्ष राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाईदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाइएपछि फरार रहेका राजवंशीलाई पक्राउ गरिकैद भुक्तानका लागि झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट २०७३ देखि २०७६ सम्ममा गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गरेर १६ गैरनेपालीलाई उनले नागरिकताका लागि सिफारिस दिएको आरोपमा मुद्या परेको थियो। आर्थिक प्रलोभनमा परी राजवंशीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीदेखि अन्य जनप्रतिनिधिहरू समेत घटनामा मुछिएका थिए ।

Leave a Reply

Your email address will not be published.