हिक्कत कार्कीसहित एमालेका ७ उम्मेदवार सिफारिस

गौरादह ,१९ भदौ ।आफनो सरकार बने भावी मुख्यमन्त्रीका दावेदार मानिएका नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीको निर्वाचन क्षेत्रमा पार्टी भित्र उम्मेदवारीका आकांक्षीहरु धेरै देखिएको छ ।
कार्कीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ (क ) प्रदेश क्षेत्र हो । प्रदेश क्षेत्रीय कमिटीको बैठकले नेता कार्कीसहित ७ जना आकांक्षीहरुको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । यो क्षेत्रमा साविकको तोपगाछी, हालको गौरादहका ८ वटा वडा र गौरीगञ्जका ४ वटा वडा पर्छ ।
प्रदेश सरकारका पूर्वमन्त्री कार्कीसहित मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुंगेलको नाम सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ । प्रभावशाली मानिने नेता कार्कीको क्षेत्रबाट अधिक आकांक्षीहरु उम्मेदवारका लागि सिफारिस भएपछि एमाले भित्र बहस चुलिएको छ । कार्कीले सामाजिक सञ्जाल मार्फत भने पुनः दोश्रो पटक यो क्षेत्रबाट आफूलाई उम्मेदवार सिफारिस गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
कार्की यहाँबाट अघिल्लो पटक माओवादी र राप्रपा समेतको गठबन्धनबाट उम्मेदवारी दिएर कांग्रेस नेता अनिलकृष्ण प्रसाइँलाई फराकिलो मतान्तरले हराएका थिए ।
त्तत्कालीन एमालेका शेरधन राईको नेतृत्वमा बनेको बहुमतको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा आधा कार्यकाल बिताएका थिए।

Leave a Reply

Your email address will not be published.