दमकका विपन्न उद्यमीलाई सहयता सामाग्री हस्तान्तरण


दमक,१९ भदौं । दमक नगरपालिकाले नगरभित्रका बिपन्न समुदायलाई लघु उद्यमशीलतातर्फ आर्कषित बनाउन विभिन्न कृषि मेशिनरी सामाग्रीहरु उपलब्ध गराएको छ ।
नगरपालिकामा आज एक कार्यक्रम गरी वडा नम्बर २, ४, ७ र १० का लघु उद्यमीलाई ५८ वटा विभिन्न किसिमको मेसिनरी सामाग्रीहरु वितरण गरिएको हो । ती सहयोगी सामाग्रीहरु नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई, सामाजिक बिकास शाखाकी सारदा सापकोटा लगायतले हस्तान्तरण गरे ।
वितरण गरिएको सहयोगी सामाग्रीहरुमा धिमाल जातिको पेटानी बुन्ने मेशिन, लुगा तथा जुत्ता सिलाउने मेशिन, केक बनाउने मेशिन, बंगुरको दाना बनाउने मेशिन वितरण रहेको छ ।
कृषि औजार हस्तान्तरण गर्दे नगर प्रमुख थापाले यहाँका नागरिकले उत्पादन गरेको बस्तुहरुको बजारीकरणमा समेत नगरपालिकाले सघाउने बताए । उनले कृषि औजार लिएर पनि त्यसको सहि सदुपयोग भए ,नभएको बारेमा समेत निरन्तर अनुगमन गर्ने पनि बताए ।
यसअघि २ देखि ३ महिना तालिम लिएका ग्रामीण क्षेत्रका विपन्नलाई उद्यमी बनाउन संघीय सरकार अन्तर्गत उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा ती मेशिन वितरण गरिएको नगरपालिकाका सामाजिक बिकास शाखाका डम्बर बरालले जानकारी दिए ।
मेशिन लिने महिलाहरुले तालिमसँगै सीपको सदुपयोग गर्न पाएकाले जिविकोपार्जनमा टेवा पुग्ने औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published.