–डा. लेखनाथ न्यौपाने
मानव शरीरको महत्वपूर्ण अङ्ग कलेजो(लिभर)मा हुने विभिन्न प्रकारका विषाणु(भाइरस) को संक्रमण र त्यसले उत्पन्न गर्ने रोग जस्तै शरीर पहेलो हँुदै जानु, पिसाव पहेलो हुन ु, आँखा पहेला देखिनु, वान्ता हुनु, खाना अरुचि हुनु, जिउ चिलाउनु, या रगतमा भाइरसको उपस्थिति रहिरहनु नै हेपाटाइटिस अथवा जण्डिस हो । हेपाटाइटिसलाई पनि दुई भागमा विभाजन गरिएको छ । एउटा कलेजोलाई मात्र असर गर्ने भाइरस जस्तै हेपाटाइटिस ए, बी, सी, डी र ई । यी भाइरसले कलेजो बाहेक शरीरका अन्य अङ्गलाई दिर्घकालिन असर पुर्याउदैनन् । अर्को एक प्रकारको भाइरस हुन्छ जसले जण्डिसमात्र गराउँदैन शरीरका अन्य अङ्गलाई पनि असर गर्छ । त्यो भाइरस हो हर्पिस सिम्पेक्लस र इव्स्टेनवर भाइरस । यी भाइरसले जण्डिससँगै शरीरका विभिन्न अङ्गमा दिर्घकालिन असर गर्छन । तर यी भाइरसबाट जण्डिस भने कमै मात्रमा हुने गर्छ । यता हेपाटाइटिस बी र सी भने निक्कै कडा खाले भाइरस हुन र शरीर(कलेजो)मा प्रवेश गरेपछि हराउन निक्कै कठिन हुन्छ ।
साधारणतया भाइरल हेपाटाइटिसलाई दुई समूहमा विभाजन गरएको छ । एउटा प्रदुसित पानी तथा खानेकुराबाट सर्ने, ती हुन हेपाटाइटिस ए र ई । दोस्रो समूहमा हेपाटाइटिस बी सी र डी पर्छन । यी भाइरस मानिसको शरीरमा रगत या रगतजन्य वस्तु र आमाको कोखबाट जन्मिदै सर्ने गर्छन । यी भाइरस निक्कै कडा हुन्छन र हत्तपत्त शरीरबाट जान चाहदैनन् । त्यसैले हेपाटाइटिस बी र सी रगतमा देखिएका धेरै विरामी उपचारको खोजीमा भौतारीरहेका हुन्छन् । सामान्य रगतको जाँचबाट थाहा पाउन सकिने र अल्ट्रासाउण्ड गराएर कलेजोको अवस्था थाहा पाउन सकिने हुँदा समयमै या बेलाबेलामा जाँच गराउनु उत्तम उपाय हो । हेपाटाइटिस बी र सीलाई समाजमा निक्कै डरलाग्दो र निको नहुने रोग भनेर हल्ला गरिएको भए पनि यी रोग निको हुने रोगमा पर्दछन् । र अरुलाई सर्छ भन्ने मान्यतामा पनि कसलाई मात्र सर्न सक्छ भनेर ज्ञान हुनु आवश्क छ ।
जब शरीरमा माथि उल्लेख गरिएका जण्डिस उत्पन्न गराउने हेपाटाइटिस भाइरस प्रवेश गर्छन । यी भाइरस कलोजोमा गएर संख्या वृद्धि गर्न थाल्छन । जसका कारण कलेजोले गर्ने नियमित काममा वाधा पुग्न जान्छ र शरीरमा पहेलोपना देखा पर्न थाल्छ । कलेजोबाट निस्केर पित्तथैलिबाट पित्त नलि हुँदै पाचन प्रकृयामा सामेल हुनुपर्ने पित्त रगतमा फैलिन थालेपछि शरीर पहेलो हुने चिलाउने वान्ता हुने, पिसाव पहेलो हुने दिसा सोतो(पेल) हुँदैजाने थकाइ लाग्ने खाना नरुच्ने जस्ता लक्षण देखिन थाल्छन । यता आँखा पहेला हुँदै जानु, जीउ पहेलो हुनु, वजन घट्नु पनि प्रमुख रोगको चिन्हमा पर्छन । यो अवस्था भनेको जण्डिस हो । त्यसैले हेपाटाइटिस भाइरस जण्डिसको एउटा प्रमुख कारण हो भने जण्डिस हुने अन्य कारण पनि हुन्छन । त्यसमा पित्त नलिमा अवरोध उत्पन्न हुनु, धेरै कुप्रभाव(साइड इफेक्ट) भएका ओषधीको सेवन जस्तै टिवी रोगको औषधी सेवनमा या अन्य रोगको उपचारको क्रममा जण्डिस देखिन सक्छ ।
जण्डिस रोगको कारण नभएर परिणाम हुने भएकाले कारण के हो पत्ता लगाउनु ज्यादै महत्वपूर्ण हुन्छ । माथि भनिएका विभिन्न विषाणु पनि कारण हुन् । जण्डिस गराउने हेपाटाइटिस ए र ई प्रदुषित पानी या खानेकुराबाट सर्ने गर्छ । विशेष गरेर पानीको मुहान वरपर यी विषाणु फैलिन पुगे या संक्रमित मानिसको दिसापिसावबाट पानी दुषित हुनपुग्छ । यही पानी नउमाली र शुद्ध नगरी पिएमा यी किटाणु खाना पानीको माध्यम भएर कलेजोमा पुग्छन र रोग फैलाउछन् । उता हेपाटाइटिस बी सी र डी भने रगत जन्य वस्तुबाट सर्ने हँुदा संक्रमित व्याक्तिबाट सर्ने गर्छ । जस्तै रगत दिदा या लिदा, असुरक्षित यौन सम्र्पकबाट, सुईजन्य वस्तुबाट जस्तै एकजनाले प्रयोग गरेको सिरिन्ज अर्को जनाले प्रयोग गर्दा या शारीरिक तरल पदार्थ जस्तै थुक, र्याल, बिर्य पसिना, सक्रमित आमाबाट जन्मिएका सन्तानमा आदि । तर शरीर तरल पदार्थबाट सर्ने सम्भावना भने न्युन हुन्छ । र संक्रमित आमा या बाबुबाट जन्मिएका सन्तानमा पनि सबैमा पोजेटिभ पाइदै्रन ।

आजकल धेरै मानिसहरु अत्याधिक अल्कोहल सेवन गरेका कारण जण्डीस भएका र कलेजोले राम्रो काम गर्न छाडेका विरामी देख्न पाइन्छ । पेटमा पानी जमेर(एसाइटिस) हेमानको पेट सुन्निएको अवस्थामा उपचार लिन आउने गरेको स्यमले पाएको छु । यो अवस्थामा विरामिको अवस्था नाजुक हुन्छ । कलेजोले राम्रोसँग काम गर्न छाडेका कारण पिसाव कम भएर जान्छ । पेटको विभिन्न तहमा पानी जम्न गएर पेटमात्र ठूलो हुँदै जान्छ । पेटमा अत्यधिक पानी जमेका कारण विरामीलाई सास फेर्न मुस्किल हुन्छ । खान खाए पनि अस्पट भएर आउछ । यो अवस्थामा धेरैजसो विरामीको कलेजो सुक्दै जाने हुँदा(सिरोसिस) उपचार कठिन भएर धेरै कष्ट पछि मृत्यु हुने गर्छ ।
—————————————————————————————————————
जण्डिस भएमा के गर्ने के नगर्ने यसको जानकारी हुनु आवश्यक छ । सर्व प्रथम त सम्भव भए रगतको परिक्षण गराउने । गाउँ समाजमा यस्ता लक्षण अरुमा पनि देखिएका छन की छैनन सो बुझने । यदि छन भने माथि भनिए जस्तै कतै पानीको मुहान प्रदुसित भएको हुन सक्छ । त्यसका साँथै अन्य कारणहरु पत्ता लगाउने प्रयास गर्ने । विरामीलाई सफा र शुद्ध पानी प्रशस्त पिलाउने, नरम र पच्न योग्य खानेकुरा दिने । आराम ज्यादै महत्वपूर्ण हुन्छ । किनकी यो रोगमा कलेजो सुन्निएको हुनसक्छ । कडा परिश्रम गरेमा कलेजो र अन्य अङ्गलाई भारपर्न गई रोग निको नहुने र बल्झिने सम्भावना रहन्छ । पुरानो मान्यतामा झारफुक गर्ने, बेसार नखाने भन्ने कुरामा कुनै बैज्ञानिक सत्यता छैन । जण्डिस लाग्यो भनेर धेरै कुरा बारेका कारण कमजोरी र रक्तअल्पता भएका धेरै विरामीहरु जचाउँन आउने गरेका तथ्य यो स्तम्भकार स्यांमले पाएको हुँदा विरामीमा गलत उपचार भएको पाइन्छ ।
त्यसैले हेपाटाइटिस रोगका कारण बेग्ला बेग्लै हुन्छन्, जण्डिस त लक्षण मात्र हो । रोगको कारण पत्ता लगाएर उपचार गरेमा चाडो जाती हुन्छ । यदि हेलचेक्राइ गरेमा र धामझिक्रीमा र झाफुकमा मात्र सिमित रहेमा विरामीकोे मृत्युसम्म हुन सक्छ । हरेक वर्ष विश्वमा हेपाटाइटिसका कारण १५ लाख भन्दा धेरै मानिसको मुत्यु हुने गर्छ । र, यो विश्वमा संक्रामक रोगबाट मानिसको मृत्यु हुनेमा आठौँ स्थानमा पर्छ । त्यसैले हेपाटाइटिसलाई सामान्य सम्झेर नबसौ र सहि उपचार खोजांै । विश्व स्वास्थ संगठनले यस्तो ज्यानलेवा विरामीका बारेमा सर्वसाधारणलाई जानकारी होस र समयमै सहि उपचार विरामीमा पुगोस भन्ने उदेश्यले हरेक वर्ष जुलाई २८ तारिख हेपाटाइटिस दिवस मनाउने गरेको छ । यसरी नै हिपेटाइटिस बि र सि पनि समयमै सही पद्धतीबाट उपचार गराएमा निको हुन्छ । यो अवस्थामा संक्रमित व्यक्तिको राम्रो हेरविचार गर्नुपर्छ र अल्कोहलजन्य पेयपदार्थ सेवन गर्नु हुँदैन । फलफुल सागसब्जी प्रशस्त खानुपर्छ । व्यायाम गर्नु उत्तम हुन्छ । यसका साथै प्रकृतिक चिकित्सा अपनाएमा रोग जरैबाट निको हुन्छ । सामान्य जण्डिस मात्र नभएर बी र सी भएका विरामीको सफल उपचार होमियोप्याथिक चिकित्सा या आयुर्वेदिक चिकित्सामा भएको कुरा पनि पाठक समक्ष राख्न चाहन्छु ।
हेपाटाइटिस भाइरसका कारण, सहि उपचारको अभाव र जनचेतनाको कमीका कारण कलान्तरमा संक्रमित व्यक्तिमा कलेजोको सिरोसिस र क्यान्सरसम्म भएको पाइन्छ भने अर्कातिर जण्डिस भन्दै लामोसमय सम्म पोषिलो खानेकुरा नखाएका कारण अन्य रोग लाग्ने सम्भावना पनि वढेर जान्छ । त्यसैले हेपाटाइटिसलाई राम्रोसँग वुझनु जरुरी छ । अझ वुझनै पर्ने कुरा के छ भने हेपाटाइटिस बी र सी निक्कै समयपछि मात्र रगतबाट हराउने गर्छ । राम्रो पोषिलो खानेकरा खाने नियमित व्यायाम गर्ने होमियोप्याथिक या आयूवैदिक औषधीको सेवन गरेमा हेपाटाइटिस निको हुन्छ । यता अर्को जान्नै पर्ने कुरा के छ भने यो रोग लागेका व्यक्तिसँग हात मिलाउदैमा सँगै वस्तैमा एउटै ओच्छयान प्रयोग गर्दैमा हेपाटाइटिस भएका मानिसबाट अर्कोमा सर्दैन । हेपाटाइटिस बी र सी रगतमा या कलेजोमा लामो समयसम्म बस्ने हुँदा विस्तारै कलेजोलाई कमजोर बनाउन सक्छ भन्ने हो । त्यसैले यसका बारेमा बेलैमा सचेत हुनु जरुरी छ ।
आजकल धेरै मानिसहरु अत्याधिक अल्कोहल सेवन गरेका कारण जण्डीस भएका र कलेजोले राम्रो काम गर्न छाडेका विरामी देख्न पाइन्छ । पेटमा पानी जमेर(एसाइटिस) हेमानको पेट सुन्निएको अवस्थामा उपचार लिन आउने गरेको स्यमले पाएको छु । यो अवस्थामा विरामिको अवस्था नाजुक हुन्छ । कलेजोले राम्रोसँग काम गर्न छाडेका कारण पिसाव कम भएर जान्छ । पेटको विभिन्न तहमा पानी जम्न गएर पेटमात्र ठूलो हुँदै जान्छ । पेटमा अत्यधिक पानी जमेका कारण विरामीलाई सास फेर्न मुस्किल हुन्छ । खान खाए पनि अस्पट भएर आउछ । यो अवस्थामा धेरैजसो विरामीको कलेजो सुक्दै जाने हुँदा(सिरोसिस) उपचार कठिन भएर धेरै कष्ट पछि मृत्यु हुने गर्छ । आजकल धेरै मानिसहरु घरको खाना भन्दा होटलको खाना र बजारे खाना(फस्टफुड)मा रमाएको देखिन्छ । शरीरका लागि कति उपयुक्त र स्वस्थवद्र्धक छन् यसको अध्ययन र अनुगमन हुँदैन । लामो समयसम्म यस्ता खाना र मदिराको सेवनले कलेजोमा असर गर्ने र माथिको अवस्था आउन सक्ने हुँदा बेलैमा सजग रहन पनि अनुरोध छ । (लेखक होमियोप्याथिक चिकित्सक हुन्)