कमल,१९ भदौं । झापाको कमल गाउँपालिका वडा न.७ निवासी आगलागी पीडित एकाघरका तीन परिवारलाई नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले राहत उपलव्ध गराएको छ ।
शुक्रवार राति स्थानीय सर्बबहादुर लिम्बू, सन्तोस लिम्बू, र प्रबिन लिम्बूको एकाघरमा बस्दै आएको घरमा आगलागी हुदाँ घर पूर्ण रुपमा क्षति हुन पुगेको थियो ।
यसैवीच पीडित परिवारलाई राहत पुरयाँउन रेडक्रसले पीडितको घरैमा पुगेर शनिवार त्रिपाल,भाडावर्तन लगायतका राहत सेट सामग्री उपलव्ध गराईएको रेडक्रस सचिव पारषमणि राईले बताए । ती राहत सेट रेडक्रस सभापति चन्द्र शाह ,कोषाध्यक्ष प्रमोद दाहालले हस्तान्तरण गरेका थिए ।