चुम्लुङ स्थापना दिवस, झापामा विविधि कार्यक्रम गरि मनाईयो

झापा,१८ भदौ । किरात याक्थुङ चुम्लुङले आफनो ३५ औ स्थापना दिवस झापामा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।भदौ १७ गते चुम्लुङ स्थापनाको दिवसका अवसर पारेर गत १० भदौदेखि विभिन्न कार्यक्रम गरि सप्ताहव्यापी रुपमा मनाउदै आइतवार विशेष समारोह गरि समापन गरिएको हो ।
विर्तामोडस्थित सिटी सेन्टरको साई पार्टी प्यालेसमा विशेष समारोह गरि स्थापना दिवस समापन गरिएको चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फियाक लिम्बूले बताए ।चुम्लुङका संस्थापक सदस्य नरप्रसाद लुम्फुङ्वाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा छात्रवृति, सम्मान, के लाःङ का उत्कृष्ठ समूहलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा उनले जिल्लास्तरीय के लाःङ प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो भएका ४ वटा के लाःङ समूहलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरे ।
त्यसैगरि, चुम्लुङ झापाकी जग्गादाता खेममाया सिङ्गक आङ्बुहाङ अक्षयकोषबाट काकडभिट्टा माध्यमिक विद्यालयकी कक्षा १२ मा अध्ययनरत फुङ्सा लिम्बूलाई नगद रू. १० हजार, किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोषबाट छात्रवृत्ति प्राप्त गर्ने बालकल्याण माध्यमिक विद्यालय मेचीनगर–५ की कक्षा ६ मा अध्ययनरत स्नेहा लिम्बूलाई नगद रू. १० हजार र किरात याक्थुङ चुम्लुङ सहयोग कोषबाट छात्रवृत्ति प्राप्त गर्ने सरस्वती मा.वि. कमल–७ मा कक्षा ९ मा अध्ययनरत सिम्रन लिम्बू र चन्द्रभानु ज्योति मा.वि. भदरपुर–३ मा कक्षा १० मा अध्ययनरत कुद्धिमान लिम्बूलाई जनही ५ हजारका दरले नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
यस्तै, किरात याक्थुङ चुम्लुङमा योगदान पुरयाँँएवापत किरात याक्थुङ चुम्लुङ महिला समूह विर्तामोड–५ इन्द्रेणी टोललाई नगद रू. १० हजार ५ रूपैयाँ सहित प्रोत्साहन पत्र प्रदान गरियो ।
यस्तै, झापा जिल्लाभरिका संगठन विस्तारमा उत्कृष्ट ठहरिएका कियाचु मेचीनगर शाखा र अक्षयकोष निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने कियाचु विर्तामोड नगर शाखालाई सम्मान गरिएको थियो ।
यसैगरि, चुम्लुङको विशिष्ट संरक्षक सदस्य बनेका कियाचु शिवसताक्षी ३ नं. वडा शाखालाई १ कट्ठा १० धुर निशुल्क जग्गा प्रदान गर्ने दम्पतिद्वय दुर्गाप्रसाद सम्बाहाङ्फे र धनमाया तुम्वापो सम्बाहाङ्फेलाई अभिनन्दन गरियो भने चुम्लुङलाई संस्थागत योगदान पुर्याएवापत दमक–१ का राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिङ सम्बाहाङफे, दमक–२ निवासी कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ र कियाचु अर्जुनधारा नगर अध्यक्ष तिलसिं माङ्मुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी समारोहमा प्रदेश नं. १ को नाम कोशी खारेजी आन्दोलनमा घाईते भएका र पक्राउ परेका योद्धाहरू कमल–३ निवासी नरेनहाङ लिम्बू, कमल–२ निवासी खड्ग पन्गेनहाङ, दमक–५ निवासी मनकुमारी बेघा, दमक–९ निवासी जिल्ला चुम्लुङ सदस्य बन्दना नेम्बाङ र अर्जुनधारा–६ निवासी चन्द्र साँबालाई समेत विशेष सम्मान गरिएको थियो ।
समापन समारोहमा प्रमुख अतिथि लुम्फुङ्वा, विर्तामोड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे र नेपाल आदिवासी जनजाति महासघ (नेफिन) झापाका अध्यक्ष पाण्डवलाल चौधरीले धार्मिक र जातीय द्वन्द्व हुन नदिन चुम्लुङले अपनाएको सांस्कृतिक जगेर्नाको आन्दोलनको भूमिका महत्वपूर्ण रहने कुरामा जोड दिए ।
समारोहमा राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जवेगु, पूर्व जिल्ला सदस्य भरत आङ्देम्बे, भक्त खेवाङ् लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ महिला समूह विर्तामोड–५ का पालामी अभियन्ता माङ्गेन्ना चेलिहरूको पालामी गुञ्जायसँगै प्रारम्भ भएको कार्यक्रममा राष्ट्रिय गायिका गंगा फियाक लिम्बू र याक्थुङ स्टारका फाइनललिष्ट दिलीप माखिमको बेजोड सांगीतिक प्रस्तुति रहेको कार्यक्रम फरक आयामका कवि साङ्सेन पन्दाक र आरजे भूमिका फियाकले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.