चुम्लुङको स्थापना दिवसमा शिक्षक तथा विद्यार्थीहरु सम्मानित

बिर्तामोड,१८ भदौं । किरात याक्थुङ चुम्लुङ झापा शाखाले विभिन्न कार्यक्रम गरि ३७ औं स्थापना दिवस मनाएको छ । बिर्तामोडस्थित चुम्लुङहिममा मंगलवार स्थापना दिवस विशेष कार्यक्रम गरि जेहेन्दार विद्यार्थी,भाषिक शिक्षकहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

स्थापना दिवसको अवसरमा चुम्लुङले झापा जिल्लाभरिका सामुदायिक विद्यालयहरुमा लिम्बू भाषा अध्यापन गराउने ७ जना शिक्षक- शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने शिक्षक शिक्षिकाहरुमा दिपेन्द्र सेलिङ् ( पृथ्वी मावि दमक–७ ), मानुदिङ् इत्छिङ्सा लिम्बू ( माध्यमिक विद्यालय बुद्धशान्ति ४ ), सन्तहाङ् लिम्बू ( नमूना माध्यमिक विद्यालय बुद्धशान्ति–४ ),सरस्वता इधिङ्गो (गणेश माध्यमिक माध्यमिक विद्यालय बुद्धशान्ति–४ ) ,मानुदिङ् प्रमिला नेम्बाङ् ( भगवती आधारभूत प्राथमिक विद्यालय शिवसताक्षी–८ ) , तिर्थकुमारी लिम्बू ( बालसेवा आधारभूत विद्यालय शिवसताक्षी–८ ), ओजाहाङ् योङहाङ (बालनिकुञ्ज माध्यमिक विद्यालय शिवसताक्षी –१० ) लाई सम्मान प्रदान गरिएको हो ।

त्यसैगरी ,शैक्षिक सत्रको एसईईमा ४ जिपिए ल्याउने पारिजात पब्लिक स्कूलकी छात्र नुक्सा लिम्बू (थलङ) र गरिव तथा जेहेन्दार विद्यार्थीका रुपमा बुद्धशान्तिस्थित गणेश माविमा कक्षा ९ मा अध्ययनरत छात्रा अमृता लिम्बू र सरस्वति मावि हल्दिवारी–१ मा कक्षा १० मा अध्ययनरत छात्र विरेन्द्र जवेगुलाई जनही रु ५ हजारका दरले नगद र सम्मान पत्रसहित सम्मानित गरियो । सोहि अवसरमा कियाचु इजरायल सहयोग कोषबाट वार्षिक रुपमा रु. १० हजार रुपैयाँ प्रदान गरिंदै आएको छात्रवृत्तिबाट बाल कल्याण माध्यमिक विद्यालय मेचीनगर – ५ मा कक्षा ८ मा अध्ययनरत छात्रा स्नेहा लिम्बूलाई प्रदान गरिएको थियो ।

चुम्लुङका जिल्ला अध्यक्ष शेसेहाङ फियाकको अध्यक्षता तथा सङघीय सदस्य डा. भिम सुब्बाको प्रमुख आतिथ्यतामा भएको स्थापना दिवस विशेष कार्यक्रममा चुम्लुङका पूर्व केन्द्रीय सदस्य राधा सुब्बा, राष्ट्रिय चुम्लुङ सदस्य चन्द्रकुमार इङवारम, कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङवा, कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू लगायतले शुभकमना मन्तव्य राखेका जिल्ला सचिव भिममाया नेम्बाङले जानकारी दिईन् ।

 

Leave a Reply

Your email address will not be published.