दमक,१७ भदौ । सामाजिक अगुवा समेत रहेका दमकका पूराना होमियो चिकित्सक डा.लेखनाथ न्यौपानेसहितका परिवारले स्थापना गरेका महेश्वरा स्मृति छात्रबृति कोषबाट पाँच जना विद्यार्थी पुरस्कृत भएका छन् ।
न्यौपाने परिवारले रोटरीमार्फत वितरण गरिदै आएको कोषबाट यसवर्ष दमक- ९ स्थित सरस्वती माविमा अध्ययनरत गरिव तथा जेहेन्दार पाँच जना विद्यार्थीलाई नगद,स्कूल व्याग तथा शैक्षिक सामाग्रीसहित पुरस्कृत गरिएको हो ।यसरी पुरस्कृत हुने विद्यार्थीहरुमा कक्षा ९ मा अध्ययनरत अञ्जली लिम्बू, कक्षा १० मा अध्ययनरत पवित्रा थापा, कक्षा ११ की संगीता बुढा,प्रज्वला पोख्रेल र कोपिला खडिया (उराउ ) छन् ।
रोटरी क्लव अफ दमकदमकले आज विद्यालयमा संक्षिप्त कार्यक्रमका बीच सवै विद्यार्थीलाई जनही छात्रबृति स्वरुप नगद रु ३ हजार, झोला तथा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको कोषका संरक्षक तथा रोटरी क्लव अफ दमकका सल्लाहकार डा. न्यौपानेले बताए । नगद छात्रबृतिसंगै वितरण गरिएको स्कूल झोला भने सुर्यदर्शन शाकोसले उपलव्ध गराएका हुन् ।
न्यौपाने परिवारले आफना पितृको सम्झनामा रु १ लाखको कोष खडा गरि बार्षिक रुपमा छात्रवृति वितरण गरिआएको छ । जिवितै छदा स्थापना गरिएको छविराम- महेश्वरा अक्षयकोषलाई परिवर्तन गरि महेश्वरा स्मृति अक्षयकोष बनाईएको दाता न्यौपाने परिवारले जनाएका छन् ।
छात्रबृति वितरण कार्यक्रममा रोटरी दमकका अध्यक्ष पदम बरालसहित रोटरीका सदस्य, शिक्षक ,दाता परिवार तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।