चेलीमाइतीले खोले ‘कर्म व्यूटि सैलुन ’

-बिष्णु सुब्बा

दमक,१७ भदौ । राजनीति तथा सामाजिक कार्यमा सक्रिय झापा, कमल गाउँपालिका ४ का जितेन साम्पाङ राईले दमकमा व्यूटि सैलुन व्यवसाय खोलेका छन् ।नेपाली सैलुन व्यवसायलाई प्रोत्साहन दिन उनीसहित उनका बहिनी मिलेर सुविधायुक्त व्यूटि सैलुन खोलेका हुन् । द्धय दाजुबहिनीले करिव आधा करोड लगानीमा दमक ५ स्थित बेलडाँगी रोडमा कर्म व्यूटि व्यूटि सञ्चालनमा ल्याएका हुन् ।
महिना दिनदेखि सञ्चालित उनीहरुको सैलुनमा महिला तथा पुरुषको कपाल काट्ने लागि श्रृङगार सम्बन्धी स्तरिय सेवा प्रदान गरिआएको छ । व्यूटि सैलुनमा महिलाका लागि उनकै बहिनी सृजना र पुरुषका लागि मिलन राईले सेवा दिदैआएका छन् । दुवै यस क्षेत्रका निकै अनुभवी मानिन्छन् । मिलन भने विर्तामोडस्थित निलडेभिड सैलुन तथा भारतको बैङलोरमा एक दशक बढीनै काम गरिसकेका पोख्त अनुभवी हुन् । सृजनाले भने काठमाण्डाकै एक प्रतिष्ठीत पार्लरमा सिकेर त्यही प्रशिक्षककी रुपमा काम गरेको एक दशक बढी अनुभव सम्हालेकी छन् ।
काठमाण्डौमा लामोसमय काम गरेपनि अव भने आफू कर्म खोज्न आफनै ठाँउमा आएको अनुभव सुनाउछिन् । उतै यहि सीपबाट बाँच्ने मेलो हुने भएपनि आफूले आफनै ठाउँमा सर्घष गर्न आएकी उनी बताउँछिन् । उनले भनिन् , –‘काठमाण्डौमा आर्जन गरेको सीपलाई बाढ्न मात्र नभई सेवा पुरयाँउन सुविधासम्पन्न व्यूटि सैलुन सञ्चालनमा ल्याएकी हौ ’
पार्लरमा आधुनिक प्रविधिबाट महिलाको श्रृङगार , हातखुट्टाका नङ सफा गर्ने देखि मेकअप सम्बन्धी काम गरिदैआएको उनले बताईन् ।व्यूटि सैलुन नजिकिएको दशै ताका औपचारिक रुपमा उद्घाटन गर्ने जमर्को गरेका छन् उनीहरुले । उद्घाटनको चाजोपाजो मिलाउदै आएको बताउदै सञ्चालक जितेनले दशैको मुख वरिपरी रिवन काट्ने योजना बनाएको सुनाए । तर उनीहरुले दुई महिनादेखि सक्दो सेवा पुरयाँउदैआएका छन् ।
जितेनले सैलुन व्यवसायमा एकछत्र मधेसी मूल मात्र नभएर भारतीय हजामको बिकल्पमा नेपालीलाई आत्मनिर्भर बनाउन पनि यस पेशा रोजेको बताउँछन् । कपाल काट्ने पेशामा नेपाली युवालाई उत्पादन गर्ने लक्ष्य लिएको उनले सुनाए । भन्छन् , –‘हजाम भनेर हेला गरिने पेशामा हामी चेलीमाईतीले यसैमा भविष्य खोजेका छौ ,पक्कै पनि त्यसमा अवश्य सफल हुने छौ ’
दुई महिनाको शुरुवाती व्यवसायिक यात्रा आशलाग्दो नभएपनि भोलिका दिनमा भने आशाको प्रचर संभावना देखेको दुवै उद्यमीको ठम्याई छ ।उनीहरुको यो पार्लरमा सिक्न आउने प्रशिक्षार्थीलाई लक्षित गरि सहुलियतसंगै स्तरिय विशेष कक्षा सञ्चालन गर्ने लक्ष्य पनि छ दुवैको । केहिलाई रोजगारी समेत दिदैआएको यस सैलुनमा अन्य सैलुनकै दर रेटमा सेवा दिदैआएका छन् । जितेन भन्छन् , –‘हाम्रो यो सैलुनमा अन्य सैलुनको भन्दा स्तरिय र स्तरिय सुविधा दिन प्रतिवद्ध छौ । ’
सैलनु पेशामा ठाकुरको पुख्यौली पेशा भएपनि अहिले भने अन्य समुदायका युवाहरुले पनि यो पेशा अंगाल्दै आएका छन् । दमकमा मात्र सय बढीका संख्यामा सैलुन व्यवसाय सञ्चालित छन् । ती मध्ये दुई,चार जना पहाडे मूलका युवाले यो पेशा अंगाल्दै आएको पाइएको छ । थोरै लगानी मात्र नभएर कठिन श्रम गर्न समेत नपर्ने यो पेशा उद्यम गर्न चाहनेका लागि आत्मनिर्भर बन्ने पेशाका रुपमा विकास हुदैगएको छ ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई आफनै ठाउँमा सैलुन जस्ता उद्यमशीलता गरेर युवाहरुलाई स्वरोजगार बनाउन स्थानीय सरकारले काम गरिआएको बताउँछन् । पालिकाले विभिन्न विषयका सीपमूलक तालिमको आयोजना गरेर स्वरोजगार बनाउदै आएको उनको भनाई छ । उनले भने , –‘पेशाका हिसावले यस्ता उद्यम ठुला,साना हुदैननन् । मेहनेत गरे आफनै ठाउँमा प्रचुर संभावना छ ’
पार्लरमा कलाकारदेखि श्रष्टा तथा राजनीतिकर्मीहरुले चेलीमाइतीको यस किसिमको प्रेरणादायी उद्यमलाई प्रोत्साहन दिनु पर्ने भन्दै शुभकामना दिदैआएका छन् ।

Leave a Reply

Your email address will not be published.