बिर्तामोड ,१७ भदौ । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय एकतीस वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन गरिएको हो ।
अर्जुनधारा–५ को भानु माविमा भएको कार्यक्रममा उमेश साहलाई पार्टी प्रवेश गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो । पार्टीका वडाध्यक्ष कमलचन्द्र डाँगीको अध्यक्षता र प्रदेश समिति सदस्य खड्ग तिम्सिना ९पवन० को प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीहरुले विद्यालय परिसर सरसफाई गरेका थिए ।
त्यस्तै वडा नम्बर ६ को बालविकास केन्द्रमा प्रदेश समिति सदस्य तथा झापा जिल्ला सहइञ्चार्ज सिपी कडरियाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।
नारायण चोकमा भएको वडा नम्बर ७ को कार्यक्रममा शहिद डिल्ली नारायण पौडेलकी आमा प्रेमकुमारी पौडेललाई सम्मान गरिएको थियो । उक्त वडाको इञ्चार्ज श्यामबिर लिम्बू रहेका छन् ।
वडा नम्बर ८ का शहिद अनन्त पौडेलका बुवा यामनाथ पौडेल र चन्द्र कडरियाका बुवा विष्णु कडरियालाई सम्मान गरेर कार्यक्रम उद्घाटन गरिएको नगर अध्यक्ष नारद दुखीले जानकारी दिए ।
अन्य वडाहरुमा समेत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ ।
त्यस्तै झापाको हल्दिबारीमा आज रक्तदानसँगै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरी अभियान उद्घाटन गरिएको छ ।हल्दिबारीका पाँच वटै वडामा विविध कार्यक्रमका साथ अभियानको शुरुवात गरिएको नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी सचिव दीप राजवंशीले जानकारी दिए ।
अभियान अन्तरगत नेकपा (माओवादी केन्द्रं ) २ नम्बर वडा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीले रक्तदान गर्दै अभियानको उद्घाटन गरिन् । हल्दिबारीको वडा न.३् र ४, ५ वडामा शहीद तथा बेपत्ता परिवार एवम् पूर्व जनमुक्ति सेनासँग भेटघाट गरिएको छ ।
अभियान अन्तरगत वडा नं। ३ मा पार्टीका प्रदेश सल्लाकार सुरेन मेचे र गाउँपालिका उपाध्यक्ष टीका राउत लगायतको टोली वडा न. ५ विजय लावती, वडा नं४ मा प्रदेश सदस्य शिखर कडरिया, गाउँपालिका सचिव दीप राजवंशी, जिल्ला सदस्यद्वय देवान टुडू र रामहरि नेपालको टोली लगायतको टोली जनताको घरघरमा पुगेका थिए । भेटघाटमा शहीद तथा बेपत्ता परिवार एवम् पूर्वजनमुक्ति सेनाहरुले नेता सुध्रिनु पर्ने, जनतासँग नियमित भेटघाट गर्नुपर्ने, जनताको चाहना र आवश्यकता सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
झापाको बुद्धशान्तिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव राम कार्की ‘पार्थ’ले जनतासँगको सम्बन्ध घनिष्ठ बनाउनुपर्ने बताए ।
बुद्धशान्ति–४ को टीमाई शिविरमा आयोजित गाउँपालिकाको विस्तारित बैठक तथा अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले माओबादीलाई फेरि जनतातिरै फर्काइदिएको बताएका हुन् ।
बुद्धशान्तिको सुकुम्बासी, पानीको समस्या लगायत विकासका समस्याहरु सम्बोधन गराउन प्रधानमन्त्रीसँग कुरा राख्नेसमेत आश्वासन दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति संयोजक गोम्बु शेर्पा (कर्ज्याङ ) , बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष प्रेम लिम्बु लगायतले मन्तब्य राखेका थिए ।
यस्तै, मेचीनगरको धुलाबारीमा प्रदेश नम्बर १ सदस्य राजु दाहालको प्रमुख आतिथ्यता तथा केन्द्रीय सल्लाहकार मुुकुलचन्द्र राजवंशीको विशिष्ठ आतिथ्यतामा दुई विपन्न जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षक नेता टीका पौडेल, अभियान प्रमुख प्रकाश खड्कालगायतले बोलेका थिए ।
यस्तै, भद्रपुरमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भद्रपुर वडा ७ मा अभियान सुचारु गरिएको छ । कार्यक्रममा पूर्व सभासद पूर्णसिंह राजवंशी, प्रदेश सदस्य निरु खतिवडा, जिल्ला सदस्य नरपति वानेम, शिबु बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिराट पोखरी परिसरमा सरसफाइ तथा बोटबिरुवा गोडमेल कार्यक्रम गरेर अभियानको उद्घाटन गरेको छ ।
अभियानको उद्घाटन पार्टीका केन्द्रिय सदस्य शिवकुमार मण्डलले गरेका छन् । बिर्तामोड–३ का पार्टी वडाध्यक्ष तुलसी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभियान बिर्तामोड कमाण्ड प्रमुख कल्पना कार्की (भुमिका ) , पार्टीका केन्द्रिय सल्लाहकार टेकबहादुर साह शंकर, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, उपाध्यक्ष कमल कडरिया, छाँया सिग्देल, वडा इञ्चार्ज जगन्नाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड–४ मा कार्यकर्तासँग अन्तरक्रिया गरेर अभियानको उद्घाटन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य शिवकुमार मण्डल, बिर्तामोड–४ का अभियान संयोजक राकेशकुमार सिंह, वडाउपाध्यक्ष धनसिंह राजवंशी, ओमप्रकाश श्रेष्ठ ४ नं. वडा कमाण्ड प्रमुख देबकला प्रसाई, बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो ।
कमल गाउँपालिका वडा न। ७ का यूवाहरुले आज श्रमदानबाट भत्किएको सडक मर्मत गरेका छन् ।
३ महिने अभियानमा कमल गाउँपालिकामा बृक्षरोपण, सडक तथा बजार सरसफाई लगायतका कामको थालनी गरेको कमलमा अभियान संयोजक माओवादी केन्द्र कोशी प्रदेशका सहसचिव गणेश उप्रेती (शुशिल)ले बताए ।
त्यस्तै दमक ७ मा शहिद तपिन राई, धिरेन चोम्जोङ र गोमा मिश्रको परिवारलाई सम्मान गरेर अभियान उद्घाटन भएको थियो । अन्य वडाहरुमा वृक्षारोपण, सडक सरसफाई लगायन कार्यक्रम भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम०, जिल्ला संयोजक राजु आचार्य (अग्नी ) लगायतले दमकको कमाण्ड सम्हालिरहेका छन् । आज झापामा माओवादी केन्द्रका करीब १२ हजार नेता कार्यकर्ता परिचालन भएको संयोजक आचार्यले जानकारी दिए ।