संघ र प्रदेशका आकांक्षीलाई तल्लो तहमा उठ्न नपाउने

दमक,१८ भदौं । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भईआएका आकांक्षी उम्मेद्वारले आगामी निर्वाचनमा त्यो भन्दा तल्लो निकायमा उम्मेद्वार बन्न नपाउने निर्णय गरेको छ ।
पार्टी सभापति देउकुमार थेवेको अध्यक्षतामा आज बसेको बैठकले यसका लागि विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले मातहत निकायबाट सिफारिस भईआएका प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नामावली उपल्लो निकायमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।आकांक्षी उम्मेद्वारले नाम फिर्ता लिन चाहेमा भदौ १९ गते १ बजेभित्र आफैँ उपस्थित भएर निवेदन दिनु पर्ने जिल्ला सचिव कृष्ण हुमागाईले बताए ।
स्थानीय तहको चुनावमा वडा सदस्यमा पराजित भएकाको नाम पनि सांसद सदस्यका लागि सिफारिस भएपछि जिल्ला नेतृत्व यसको खिलाफमा उभिएको बुझिएको छ ।पहिलोपटक क्रियाशील सदस्यता प्राप्त गरेकाहरुको नाम पनि सांसद सदस्यका लागि सिफारिस भएपछि तल्लो तहमा उठ्न नदिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published.