युवा संघमा भाडभैलो, बुद्धशान्तिका अध्यक्ष खतिवडाले त्यागे युवा संघ


झापा, १८ भदौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला भित्र असन्तुष्टि चुलिदै गएको छ । पछिल्लो समय युवा संघमा सांगठानिक विधि र पद्धति बाहिर गएर गतिविधि हुन थालेपछि जिल्लामा युवा संघमा असन्तुष्टि बढ्दै गएको छ ।
यसैक्रममा युवा संघ बुद्धशान्ति गाऊँ कमिटीका अध्यक्ष पवन खतिवडाले पार्टी र युवा संघमा चरम गुटबन्दी हाबी चलिरहेकाले आफूले नैतिकता र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, –‘युवा संघमा देखिएको समस्याका बारेमा पार्टी अध्यक्ष केपी ओलीलाई पटक पटक राखिएको भए पनि केहि सिन्डिकेट ठेकेदारहरुबाट राजनेतालाई गुमराहमा राख्ने र नेतृत्वलाई घेराबन्दीमा राखेर पार्टी हित बिपरित संगठनलाई प्रयोग गरिआएकाले आफूले यो पार्टीमा रहन सक्ने स्थिति महसुस नगरेको कुरा संम्पूर्ण शुभेच्छुक, साथीभाई र नेता, नेतृत्वमा अव म दुखका साथ जानकारीका लागी अनुरोध गरेको छु ।’
तत्काल आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नहुने भन्दै उनले म एउटा राजनीतिक मानिस नै भएकोले मैले पछि यो बिषयमा सोचेर निर्णय लिने उल्लेख गरेका छन् ।
यसैवीच, आज नै युवा संघ झापाको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम जिल्लास्थित पार्टी कार्यालयमा हुदै छ । उक्त कार्यक्रम पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने जनाईएको छ ।

भण्डारीले पनि त्यागे युवा संघ
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य तथा उद्योग विभागका प्रमुख पर्वत भण्डारीले पनि संगठनका बेथिती बढेको भन्दै संगठन त्यागेको घोषणा गरेका छन् ।पार्टी र युवा संघमा चरम गुटवन्दी, नेतृत्व स्वच्छचारी भएको भन्दै उनले पार्टी र संगठनको सवै जिम्मेवारीवाट अलग भई स्वतन्त्र रहने उल्लेख गरेका छन् । झापा निवासी भण्डारीले पछिल्लो समय संगठनमा देखिएको अराजकता, अवसरवादी चरित्रको अन्त्य नभएसम्म पार्टी अघि बढन नसक्ने उनको घोषणामा उल्लेख छ । उनले भनेका छन्, –‘पार्टी र संगठनबाट अलग भएर स्वतन्त्र बस्ने निर्णय गर्न बाँध्य छु ‘

Leave a Reply

Your email address will not be published.