चुम्लुङको ३४ औं स्थापना दिवस , लिम्बु भाषा शिक्षकसहित पाँच जना सम्मानित ( फोटोफिचर )


दमक १८,भदौ । किरात याक्थुङ् चुम्लुङको ३४ औं स्थापना दिवसका अवसर पारेर झापामा शुक्रवार विभिन्न कार्यक्रम गरि मनाईएको छ ।विर्तामोडस्थित अतिथि सदनमा आयोजना गरिएको स्थापना दिवसमा चुम्लुङ झापा शाखामा योगदान पुरयाँउने पूर्व चारजना जिल्ला अध्यक्ष ,एक जना लिम्बू भाषा शिक्षकलाई सम्मान गरिएको थियो भने ४ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरु कियाचु पूर्व जिल्ला अध्यक्ष टेकबहादुर आङ्देम्बे (भरत ), टेकबहादुर योङ्हाङ्, भक्त खेवाङ् र पूर्णहाङ् साम्बा र दमकस्थित श्री पृथ्वी माविकी लिम्बू भाषा शिक्षक दिपेन्द्र सेलिङ्लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
छात्रवृतितर्फ खेममाया सिङगक लिम्बू स्मृति अक्षयकोषबाट मेनपा ६ काकडभिट्टा मावि कक्षा ११ मा अध्ययनरत छात्रा फुङ्सा लिम्बूलाई रु १० हजार, कियाचु कल्याणकारी सहयोग कोष–२०६२ बाट ८ हजार मेनपा ५ कै बालकल्याण मावि कक्ष ५ मा अध्ययनरत छात्रा स्नेहा लिम्बू, कियाचु याक्थुङ् सहयोग कोष–२०६२ बाट जनही ५ हजारको दरले दमक ७ स्थित पृथ्वी मावि कक्षा १० मा अध्ययनरत छात्रा आरती लिम्बू , विर्तामोड ३ स्थित मेहन्द्ररत्न मावि कक्षा ९ मा अध्ययनरत छात्र विवश लिम्बूलाई नगद सहित छात्रवृति रकम प्रदान गरिएको थियो ।
कियाचु झापाका अध्यक्ष शेसेहाङ फियाकको अध्यक्षता तथा कियाचु संघीय सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद् १ न.प्रदेश अध्यक्ष तथा कियाचु लिम्बुवान प्रदेश कार्य समितिका पूर्व अध्यक्ष सह–प्राध्यापक धु्रवकुमार मेन्याङ्वोको प्रमुख आतिथ्यतामा भएको थियो ।

समारोहमा कियाचु संघीय सल्लाहकार जितबहादुर लाओती, कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार धिरेन लाओती, कियाचु संघीय सदस्य अमृत योङ्हाङ्, पूर्व केन्द्रीय सदस्य पूर्ण हाङ्सरुम्बा, पूर्व केन्द्रीय सदस्य राधा सुब्बा, विर्तामोड नगरपालिका ६ का वडाध्यक्ष तथा जिल्ला सल्लाहकार सूर्यप्रसाद कन्दङ्वा, पूर्व जिल्ला अध्यक्ष टेकबहादुर आङ्देम्बे ,सल्लाहकार लोकबन्धु कन्दङ्वा, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) झापा अध्यक्ष भूमिका फियाक, गौरादह नगर अध्यक्ष राजकुमार माखिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कियाचु ३४ स्थापना दिवस भवयताका साथ सम्पन्न गर्नको निमित्त कियाचु मेचीनगर शाखा, कियाचु विर्तामोड नगर शाखा, कियाचु भद्रपुर, कियाचु दमक नगर शाखा, कियाचु गौरादह नगर शाखा र कियाचु कनकाई नगर शाखाले नगर अध्यक्षहरु क्रमशः धनप्रसाद केरुङ, हिमालयप्रकाश कन्दङ्वा, का।वा। अध्यक्ष मुना इजम, देवेन्द्र चेम्जोङ्, राजकुमार माखिम र प्रेम फोम्बोले केलाङ् समूहको संयोजनमा केलाङ् प्रस्तुति गरिएको थियो ।

समारोह शुरु हुनु अगाडि दर्जनौं केलाङ र कियाचुको झण्डा फर्फराउँदै नगर शाखाको व्यानर सहित विर्तामोड बजार परिक्रमा गरिएको थियो भने औपचारिक कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा बेजोड सांगीतिक प्रस्तुति समेत रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कालीबहादुर खेवाङ्ले राखेका थिए भने सञ्चालन जिल्ला सचिव प्रेमचन्द्र लिम्बु र कियाचु मेचीनगर सदस्य ओमप्रकाश खापुङ्ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.