कुचिकारदेखि स्वास्थ्यकर्मी बने हरि

दमक, १८ भदौं । ४४ बर्षिय हरिवहादुर जम्दार करिव २५ बर्षदेखि दमकको आम्दा अस्पतालमा काम गरिआएका छन् । एक ताका कुचीकार उनी अहिले स्वास्थ्यकर्मी बनेर सेवा दिदैआएका छन् ।
दैनिक ज्यालादारीमा अस्पतालको काममा प्रवेश गरेका उनी आफनो मेहेनतले कुचिकारदेखि सिएमए वन्न सफल भए । सिएमए स्वाथ्यकर्मी बन्न अघि अस्पतालकै तल्लो तहको काममा करिव १५ बर्ष बिताउनुपरेको थियो । आफनो आयस्रोत नभएपछि हरि काम प्रति भने निकै मेहेनत थिए । जस्तोसुकै काम गर्न पछि हट्दैन थिए उनी । ज्यालाको उचित मूल्य प्रति उनी आफना अडान राख्दैआउथे ।
कुचिकारको दैनिकी स्मरण गर्दे हरिले न्यून कमाईले तीन जनाको परिवार मुश्किलले धान्दै आउनु परेको थियो । एकातिर कामको चाप,अर्कोतिर छोराछोरीलाई शिक्षा । आफू पढ्न नसकेपनि छोरीछोरीलाई भने दमककै संस्थागत स्कूलमा पढाउदैआएका थिए । छोरीछोरीको पढाई खर्चसंगै गुजाराका लागि साँझविहान चुल्हो बाल्न उनको पारिश्रमिक धौ धौ नै थियो ।
उनका अनुसार कुचिकारको ज्यालाले परिवार धान्न कठिन थियो । अस्पतालको समय बाहेक अन्यत्र पनि काम पाएको बखत ज्यालाको काम गरिआए । उनी भन्छन्, –‘त्यो बेला सरसफाइका श्रमिकले अत्यन्त्यै न्यून सुविधा पाएका थिए ,फेरि काममा पनि चित्त नबुझाउने समस्या थियो उ बेला ’

——————————————————————————————————

विद्यालयमा पढ्न जादाँ काम विहीन हुनुपर्ने समस्याले उनले विद्यालय नगई घरमा बसीबसी पढ्ने निधो गरे । उनले खुल्ला शिक्षाबाट कक्षा ८ दमक ७ कै पृथ्वी आधारभूत विद्यालय र कक्षा १० भने दमक २ कै हिमालय माध्यमिक विद्यालयबाट एसईई पास गरे । उनी २०७४ सालमा एसईई सी ग्रेडमा उत्तीर्ण भए ।

——————————————————————————


यसरी बने स्वास्थ्कर्मी
कक्षा ५ , ६ अध्ययन गरेका जमदारले कुचीकारसँगै पढ्ने निधो गरे । स्वास्थ्य कार्यकर्ता बन्नु उनका लागि निकै ठुलो चुनौती पनि थियो । परिवारनै अशिक्षित यी समुदायमा त्यसताका खासै पढ्ने चलन पनि थिएन । गरिवीको चर्को समस्या जमदार परिवारमा थियो । त्यही पृष्ठभूमिमा हुर्किएका उनले बुझेर दुई छोरा, छोरीलाई दमककै सिद्धार्थ अंग्रेजी स्क्ुलमा पठनपाठन गराए । यसवीचमा पाँच वर्ष अघि विज्ञान विषयमा कक्षा १२ पढ्दै गरेका उनका १६ बर्षिय छोरा राजेशको हत्या भयो । आफन्तबाट छोरा गुमाएका हत्याको पीडामा कहिल्यै विचलित भएनन उनी ।
घटना सेलाउदै गएपछि उनले विस्तारै स्वास्थ्कर्मी बन्ने आफनो ढृणतालाई अगाडी बढाउन थाले । विद्यालयमा पढ्न जादाँ काम विहीन हुनुपर्ने समस्याले उनले विद्यालय नगई घरमा बसीबसी पढ्ने निधो गरे । उनले खुल्ला शिक्षाबाट कक्षा ८ दमक ७ कै पृथ्वी आधारभूत विद्यालय र कक्षा १० भने दमक २ कै हिमालय माध्यमिक विद्यालयबाट एसईई पास गरे । उनी २०७४ सालमा एसईई सी ग्रेडमा उत्तीर्ण भए ।
स्वास्थ्यकर्मी वन्ने पहिलो खुडकिलो पूरा गरेपछि अव उनले आफनो लक्ष्य अनुसार स्वास्थ्यकर्मी बन्ने चाजोपाजोमा जुटे । आफनो प्रस्तावलाई अस्पताल प्रशासनले सहजै व्यवस्थापन गरिदियो । यसअघि कुचीकारकै पदमा उनले अस्पतालको शल्यक्रिया विभाग भित्र सहयोगीका रुपमा काम गरिआएका थिए ।
उनले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी ) अन्तर्गत अस्पतालमा सञ्चालित स्वास्थ्य विषयको प्राविधिक एसएलसी सरहका सिएमए विषय पढ्न थाले । त्यसवेला शल्यक्रिया विभागको ड्यूटी रातीपख मेडिकल वार्डमा काम गर्न थाले । उनले दिनमा पढ्ने , राती काममा खटिए । त्यही मेहेनतले विस २०७६ मा सिएमए पनि पास गरे । उनले भने, –‘ सिएमएसम्म पढ्न रातदिन नभनी यति दुख खेपे, त्यो कथा बन्छ ।’
शल्यक्रिया टीम व्यवस्थापन भित्र यिनै मेहनेती जमदार सबैको प्रिय मात्र होइन प्रेरणाको स्रोत बनेका छन् । अस्पतालले उनलाई कुचीकारदेखि सिएमए पदको तहमा आन्तरिक रुपमा बढुवा गरिदियो । चलाख र तीक्ष्ण स्वभावका उनी डाक्टरसँगै रातदिन खटिरहेका हुन्छन् । एनेस्थिया डक्टर नवीन ढकाल हरि प्रेरणादायी भएको बताउँछन् । उनको कर्मले जोकोहीलाई प्रेरणा दिने गरेको उनको बुझाई छ । भन्छन् ,–‘ आफ्नो काम प्रति अत्यन्त जबादेहिता छन, हलुका हातले शल्यक्रियामा ठुलो मदत पुरयाँउदैआएको छ ।’
मेहनेती जमदार भन्छन्–‘ अस्पतालले मलाई स्वीपरदेखि सिएमएको यात्रामा ठुलो लगानी गरेको छ,म कहिल्यै भुल्न सक्दिन , यो नै ठुलो उपलव्धि हो ।’
छोरी समेत एचए पढाउदै
मेहनेती जमदारले छोरी रेखालाई पनि अस्पतालमै सञ्चालित स्वास्थ्य चिकित्सा सहायक ( एचए ) मा पढाउदैआएका छन । रेखा अहिले एचएको तेश्रो वर्षमा अध्ययनरत छिन् । रेखालाई नागरिकताको समस्या छ । वुवाकै जोडबलले आफूले एचए सिध्याउन लागेको सुनाउछिन् । उनी भन्छिन् , –‘ मलाई पढाउन बुवाको कठिन संर्घषका कारण प्रेरित छु ’
हरिका श्रीमती पवित्रा पनि दमककै ओम शान्ति ड्ेन्टलको कृचिकारका रुपमा काम गर्छिन् । एउटा चार वर्षे छोरा जन्मिएलगत्तै अशक्त छ , त्यो पीडा छदै छ उनीसंग । तर जीवन संघर्ष हो भन्ने बुझेका छन् उनले । उनले थपे –‘ एउटा झाडुवाल समुदायको परिवारलाई उभो उकास्न रातदिन खटिरहेकोछु ’
हरिको वुवाले वंशजको नागरिकता पाएपनि उनले भने जन्मको आधारले नागरिकता पाए । त्यसो त श्रीमती , छोरी अझैपनि नागरिकताविहीन छन् । दुई ,तीन वर्ष अघि नागरिकता निकाल्न लागेपनि विभिन्न बहानीवाजीमा नागरिकता पाउन बञ्चित छन् । दमकमै चार दशक बढी समयदेखि बस्दैआएका यी परिवारले बस्नका लागि ८ धुर जमीनमा घर बनाएका छन् । छोरीले एचए सके लगत्तै नागरिकता चाहिदाँ समस्या हुन सक्ने उनको बुझाई छ । आफनै ठाउँमा कोहि नागरिक, कोहि अनागरिक हुनुपरेको पीडा जमदार परिवारको छ । उनी भन्छन्,–‘ श्रीमती र छोरीलाई सवै कागजात भएपनि नागरिकताबाट बन्चित छन, मेरो पीडालाई सम्बन्धित निकायले सुनिदिओस’

Leave a Reply

Your email address will not be published.