इटहरी ,१८ भदौं । पिकअपको ठक्करबाट गएराती इटहरीमा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । ईटहरी २ गंगामार्गस्थित कोशी लोकमार्गमा धरानबाट ईटहरी तर्फ जादै गरेको प्र १–०२–००२ च ४६६२ नम्बरको पिकअपले को १६ प ५७२० नम्बरको मोटरसाइकलका चालक ईटहरी २ का २८ बर्षिय लोमस दाहालको मृत्यु भएको हो । मोटरसाइकलमा सवार ईटहरी ५ का २९ बर्षिय सरोज गुरागाई भने गंभीर घाईते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न टिफर र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।