
उदयपुर ,१७ भदौ । उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ देउरीका बिरेन्द्र प्रसाद चौधरीको १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागी अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो ।
झापा गापामा चौपाया मर्यो
वर्षासँगै परेको चट्याङले लागेर झापा गाउँपालिकामा एउटा चौपाया मरेको छ । गएराति चट्याङले लागेर झापा गाउँपालिका वडा नं ७ चन्द्रबस्तीका कृष्णप्रसाद मिश्रको गाई मरेको हो । ग्वालीमा बाँधेको गाई मर्दा अन्दाजी ७० हजार मूल्य बराबरको क्षति भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।